IIMS College

ISMT

HUB Education

हिमालय एयरलाइन्सको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 4 days ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा  चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो ।

 

बेइजिङ गन्तब्यको बजारमा हिस्सा बढाउन कम्पनीले बजारीकरणलाई प्रभावकारी बनाउने कम्पनीका सेवा सुधार शाखा प्रमुख उज्जवला दलीले बताए । उनले भने, “बेइजिङ उडानमा अहिले ६० र ७० प्रतिशत अकुपेन्सी छ । उता (चीनतर्फ)बाट यात्रुको आगमन राम्रै छ । 

 

नेपालबाट चीन जाने यात्रुको सङ्ख्या कम छ, अकुपेन्सी बढाउन बजारीकरणको कामलाई प्राथमिकता दिन्छौँ ।” 

 

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले गत कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सँघारमा काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएसँगै चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्रने अपेक्षा गरिएको छ । भ्रमण वर्ष अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । 

 

सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिमा १० प्रतिशतले चिनियाँ पर्यटक बढेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । चीनबाट वार्षिक १५ करोड विश्व भ्रमणमा जाने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । त्यसको केही हिस्सा मात्रै नेपाल भित्र्याउनसके नेपालको पर्यटनले सकारात्मक फड्को मार्ने सरकारी अधिकारी बताउँछन् । 

 

हिमालय एयरलाइन्सले १५८ सिट क्षमताको एयर बस ३२० जहाजबाट काठमाडौँ–बेजिङ उडान गरिरहेको छ । हिमालयले सातामा तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने तालिका छ । यो मार्गमा एकतर्फी न्यूनतम भाडा दर रु २४ हजार पर्ने जनाइएको छ । काठमाडौँ बेइजिङ मार्गमा एकतर्फी उडान समय ५ः३० घण्टा हाराहारीको हुन्छ । हिमालयले हाल बङ्गलादेशको ढाका, युएइको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहामा सिधा उडान गर्दै आएको छ । बेइजिङसँगको सिधा उडान नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा सावित हुने कम्पनीले उल्लेख गरेको छ ।


थप समाचार

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

  • 3 minutes ago
ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिष

आगलागी (तस्बिर)

  • 14 minutes ago
आगलागी (तस्बिर)

सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाका स्थनीय सिताराम यादवको घरमा आगलागी हुँदा घर जलेर नष्ट । भान्सामा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्केर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

  • 23 minutes ago
परम्परागत घरमा यूवा पुस्ताको आकर्षण

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा जारी चौँथो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बनाईएका विभिन्न आदिवासी जनजातिका परम्परागत घरको अवलोकन गर्दै युवायुवती ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पात किन चपाउनुहुँदैन ?

तुलसीको पात किन चपाउनुहुँदैन ?

हिन्दू धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।