Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिबालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेट


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार सरकारबारे आवश्यक निर्णय गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको थियो । नेपालले जिम्मेवारी पाएलगत्तै महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाललाई लिएर उनी बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा भएको भेटमा पार्टीले पाउने मन्त्रालयबारे छलफल हुने बताइएको छ । उपयुक्त जिम्मेवारी पाए आजै सरकारमा जाने समाजवादीको तयारी छ । समाजवादीलाई सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गतेका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन

राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन भएनः सभामुख…

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवस २०८१ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

Techie IT