IIMS College

ISMT

HUB Education

यसरी बुझौ हिन्दु धर्मलाई

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हिन्दु एक सनातन धर्म हो । सृष्टिको उदयकालदेखि नै प्राकृतिक शक्तिमा विश्वास राखि सदाचार पद्धतीको आधारमा अवलम्बन गरिदैं आएको आस्था हुनाले यसलाई सनातन धर्म भनिएको हो । अन्य धर्महरु उनिहरुको जातीय वंशमा  अवतरण भएका अवतार हरु माथी गरिएको विश्वासको आधारमा स्थापना भएका धर्म हुन् । त्यसैले धर्मका आचरणमा पनि जातीय आचरण र संस्कार झल्किन्छ । स्वेच्छाले नभई दबाबमुलक परिस्थितिमा धर्मको पालना हुँदै आएको देखिन्छ । 

 

लोकमा पापाचार बढेपछि मात्र धर्मको संरक्षण गर्न दैवीय अवतार हुने भएकोले धर्ममा पनि व्यक्ति विशेषकोे प्रभाव पर्ने हुँदा यसलाई प्राकृतिक धर्म भन्न मिल्दैन । हिन्दु धर्ममा पनि त्रेता युगदेखि पछिका अवतारहरुले हिन्दु सदाचार पद्धति अपनाएका हुनाले यीनिहरुलाई पनि अन्य धर्म सरह हिन्दु सम्प्रदाय भित्रका अवतार मानिन्छन । यिनिहरुलाई दिइएको इश्वरीय दर्जा भनेको सत्कर्म गर्ने महापुरुषहरुलाई दिइएको एउटा मर्यादा हो । यसैकारण  रामलाई पनि मर्यादा पुरुषोत्तम भनिएको छ । 

 

मानिस आज मात्र होइन प्राचीन यूगदेखि नै बसोबासको निमित्त उपयुक्त स्थानको खोजी गर्दा पानीको सुविधा युक्त नदि किनारालाई चयन गर्ने गर्दथे । हाम्रा पूर्वजहरुले पनि प्राचीन युगमा बस्तीको निमित्त उपयुक्त स्थानको चयन गर्दा सिन्धुघाँटीलाई रोजेको हुनाले यहि नदिको सेरोफेरोमा यिनिहरुको बस्ती विकाश भएको देखिन्छ । यो नदिको उद्गम स्थल तिब्बत हो । उक्त नदिको हिमाली प्रदेश, भारतको काश्मिर, पाकिस्तानको मैदानी भाग हुँदै हिन्द महासागरमा मिल्न पुग्छ । यहि नदिको आसपासमा बस्ने बासिन्दालाई सिन्धुवासी भनिएको छ । तत्कालीन ऋषि मुनिहरुको सभाबाट बैदिक आचरणभित्र रहि नियम कानुनका मस्यौदाहरु तयार गर्दा यहि सिन्धु नदिको बस्तीमा ग्रन्थहरुको निर्माण गरेका हुनाले यी शास्त्रहरुको नामको पछाडि पनि सिन्धु जोडेर (धर्म सिन्धु, निणर्य सिन्धु) नामाकरण गरिएको भन्ने पाइन्छ । 

 

यो समाज धेरै जागरुक समाज भएकोले यिनिहरुलाई त्यसताका आर्य समाज भनिन्थ्यो । आर्यको अर्थ हुन्छ प्रगतिसित । त्यसताका पसिर्यनहरु राज्य विस्तारको क्रममा यहाँसम्म आई पुगेका थिए । यी फारसी भाषिक पसिर्यनहरुले नेपाली सिन्धु शब्दको उच्चारण गर्दा बोलीमा शुद्धता नभइ हिन्दु उच्चारण हुन गएकोले यिनिहरु द्वारा हिन्दू सभ्यताको बारेमा लेखिएको लेखमा सिन्धु समाजलाई हिन्दु समाज भन्ने उल्लेख भएको हुनाले यहि फारसीको भनाइको आधारमा आर्यन सिन्धु समाज हुनुपर्नेमा सिन्धुको स्थानमा हिन्दु समाज नामाकरण हुन गई आर्य समाजको बैदिक धर्मलाई पनि कालान्तरमा सिन्धु धर्मबाट हिन्दु धर्ममा परिणत गरिएको पाइन्छ । 

   

मन्दिरमा पुजिने देवता भनेका पनि सृष्टिकै आदिम कालमा यिनै अदृश्य शक्तिद्धारा रचना गरिएका अलौकिक गुणले युक्त भएका मानवहरु नै थिए । लौकिक पूजा भनेको त आफुलाई ईश्वरीय आस्थामा प्रतिबद्ध गराइ राख्न र आफुलाई वहा“को निकटतम पु¥याउन अपनाइएको साम्प्रदायिक आचरणको एउटा  विधि हो । यस्तो आचरणमा हिन्दु धर्मले अन्य धर्माबलम्बिले जस्तो अनिवार्यता दिएको छैन । किनभने पुजा भनेको व्यक्तिगत आस्था हो । सबै नदि नुहाएर सम्भव पनि छैन । सबै मन्दिर पुजेर पनि सम्भव छैन । न सबै देवतालाई नै पुजेर सम्भव छ । यी संस्कारले त प्राचीन इतिहासलाई जीवन्त राख्ने काम मात्र गर्दछ । त्यसैले हिन्दु नामाकरण गरिए पनि सृष्टिकाल देखिनै चली आएको प्राकृतिक सदाचारमा आधारित बैदिक सनातन धर्मलाई नै हिन्दूहरुले अपनाई आएको हुनाले यहि आस्थालाई पालन गर्ने प्रकृयालाई हिन्दु धर्म भनिएको हो ।

 

उदाहरणको निमित्त अहिलेको विद्युतीय जमानालाई लिउँ । विद्युतद्धारा सञ्चालन हुने कति विद्युतीय उपकरणहरु छन् । जसका कार्य विशेषता पनि फरक–फरक हुन्छन् । ति सबै उपकरण त्यही विद्युतीय तरङ्ग वाट सञ्चालित हुन्छन् र पनि एउटै शक्तिले प्रत्येक उपकरणमा पृथक–पृथक काम गरिरहेको हुन्छ । यहि विद्युतीय शक्तिलाई एउटा–एउटा स्वीच बाट सञ्चालन ग¥यो भने एउटा–एउटा मात्र सञ्चालन हुन्छ । मुख्य केन्द्र बाटै बन्द गरियो भने सबै उपकरण एकै साथ बन्द हुन्छन । यत्रो शक्ति एउटा तारकोे माध्यम बाट प्रसारण भएको हुन्छ । तर, हेर्दा देखि“दैन र छोयो भने करेन्ट लाग्छ । 

 

ईश्वरीय शक्ति भनेको पनि यस्तै अदृश्य शक्ति हो । अदृश्य रुपमा नै ब्रम्हाण्ड सञ्चालन गरिरहेको छ । तारमा रहेको शक्तिलाई स्तुति पुजा वा आराधना गर्नुको कुनै तुक हुँदैन, मात्रै एउटा आचरणको महत्व रहेको हुन्छ । यसलाई अपनाउने प्रविधिको विपरीत आचरण गरियो भने यसबाट कसैलाई छुट मिल्दैन । त्यसैले मुख्य कुरा भनेको आस्थाको आधारमा अपनाउनु पर्ने आचरण हो । यहि आचरण नै धर्मको पहिचान हो । 

 


थप समाचार

संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

  • 8 minutes ago
संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक

काठमाडौँ । नेपालको एतिहासिक संविधासभाबाट संविधान जारी भएको चार वर्ष पुगेको अवसरमा सङ्घीय, प्रदेश र स्थानीय तहले विशेष रुपमा ‘चांैथो संविधान दिवस’ मनाउने तयारी गरेका छन् ।

खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

  • 10 minutes ago
खुला हृदयका अमिताभ : ‘सई रा नरसिम्हा रेड्डी’का लागि कुनै पारिश्रमिक लिएनन्

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कैयौं वर्षसम्म दर्शकहरुको मन जित्न सफल छन् । केवल आम सर्वसाधारणका लागि मात्र नभई फिल्म स्टार्सका लागि पनि उनको मनमा एक छुट्टै प्रकारको सम्मान रहेको छ । यस

घरबासले ल्याउँदैछ समृद्धि

  • 11 minutes ago
घरबासले ल्याउँदैछ समृद्धि

राँझा । बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।