IIMS College

ISMT

HUB Education

यस्तो छ इतिहास, पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बीबीसी । बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। मास्टर्शेफुमा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो।

 

ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै रहेको वैज्ञानिकहरूले बताएका छन्। नियान्डर्थल मानव पनि कलाकार थिए ।

 

सेन्ट भ्यालेन्टाइन कस्ता थिए ?

 

त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए। उनको मृत्यु एउटा जमेको हिमतालमा भयो । सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रह्यो।

 

मृत्यु हुनुभन्दा अघि उनले खाएका थिए कुरासहित वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पाटाहरू पत्ता लगाएका छन्।

 

उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए।

 

कति चिल्लो ?

 

उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत थियो। त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत भन्दा अत्यधिक हो।

 

'हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ,युर्‍याक रिसर्च इन्स्टिच्युट फर मम्मी स्टडिज, इटलीका डाक्टर फ्रान्क माइक्स्नर भन्छन्।

 

'त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो।' 

 

यसले हाम्रो पुर्खाहरूको खानेकुराबारे के भन्छ ?

 

'करेन्ट बायोलोजी' भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को दिन्छ।

 

हिममानवको खान्कीको पहिला पनि विश्लेषण भएको हो तर यसरी विस्तृत रूपमा भने गरिको थिएन। यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ।

 

उनको शरीर प्राकृतिक रूपमै सुकेर एवम् खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट भने स्वाभाविक स्थानमा थिएन। त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो।

 

उनको पेटमा रहेको चिल्लो दूधजन्य पदार्थबाट नआएको बरू युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

 

ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ।

 

'बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न कठिन छ, डाक्टर मेइक्सनरले भने। यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो हुँदैनथ्यो।'

 

त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो।

 

ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष पनि थियो। मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन्।

 

उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुन सक्छ। किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउहरू भएका थिए।

 

हिममानवले जडीबुटी खान्थे ?

 

अनुसन्धानकर्ताहरूले उनको पेटमा एक किसिमको उन्यू भेटेका थिए। यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ।

 

अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ। त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ। उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्छ।


थप समाचार

हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

  • 13 minutes ago
हवाई कारबाहीमा तीस जना आतङ्ककारी मारिए

एजेन्सी । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक म

‘याद आउँछ बेसरी’ सार्वजनिक

  • 23 minutes ago
‘याद आउँछ बेसरी’ सार्वजनिक

काठमाडौँ । गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेको ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतको शब्द गणेश गुरुङले तयार पारेका हुन् भने संगीत गायिका

ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

  • 24 minutes ago
ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।