२०७५ का हिट फिल्म– ‘छक्का पञ्जा–३’ देखि ‘लिलिबिली’ सम्म

Education Park

काठमाडौं । हामीले २०७५ लाई विदाई गर्दैछौं, भने नयाँ वर्ष २०७६ लाई भव्यताका साथ स्वागत गर्दैछौं । नेपाली फिल्म उद्योगका लागि वर्ष २०७५ सामान्य नै रह्यो । यो वर्ष नेपाली बक्स अफिसमा ७० वटा भन्दा बढी फिल्महरु दर्शकमाझ रिलिजमा आए– तर, सबै फिल्मले आशा गरे अनुरुप ब्यापार गर्न सकेनन् । यसैबीच केही फिल्महरुले भने दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा उत्कृष्ट ब्यापार गर्न सफल बनेका छन् । उदाहरणको रुपमा ‘छक्का पञ्जा–३’, ‘क्याप्टेन’, ‘रामकहानी’, ‘नाइ नभुन्नु ल–५’, ‘इन्टु मिन्टु लण्डनमा’ ‘लिलिबिली’ लगाएतलाई लिन सकिन्छ । 

 

अब चर्चा गरौं २०७५ मा दर्शकमाझ रिलिजमा आएका केही सफल फिल्महरुको बारेमाः

छक्का पञ्जा–३ः दीपकराज गिरी र दीपाश्री निरौलाको टिमको ‘छक्का पञ्जा’ सिरिज फिल्म ‘छक्का पञ्जा–३’ले दर्शहरुको मन जित्नुका साथै बक्स अफिसमा उत्कृष्ट ब्यापार गरेको छ । ग्लोबल ग्रस फिगरका अनुसार बक्स अफिसमा यो फिल्मले १८ करोड भन्दा बढीको ब्यापार गरेको छ । यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी, नीर शाह, अनुराग कुँवार लगाए कलाकारहरु मुख्य भूमिकामा छन् ।

 

नाई नभन्नु ल–५ः बिकाशराज आचार्यको ‘नाई नभन्नु ल’ सिरिज ‘नाई नभन्नु ल–५’ले पनि दर्शकहरुको मन जित्नुका साथै बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । फिल्ममा अनुभव रेग्मी, सेड्रिना शर्मा, प्रियंका कार्की, स्वस्तिमा खड्का, केकी अधिकारी, दिलिप रायमाझी, निरुता सिंह लगाएत कलाकारहरुको मुख्य अभिनय रहेको छ । यो फिल्मले बक्स अफिसमा ५ करोड ३० लाख भन्दा बढीको ब्यापार गरेको छ । 

 

इन्टु मिन्टु लण्डनमाः कोरियोग्राफर रनेशा बान्तवा राईको डेब्यु निर्देशनमा बनेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यो फिल्मले बक्स अफिसमा ४ करोड ३० लाख भन्दा बढीको ब्यापार गरेको जानकारी गराइएको छ । फिल्ममा धीरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । यसै फिल्मबाट धीरज मगरले आफ्नो फिल्मी करियर सुरु गरेका हुन् ।

 

लिलीबिलीः मिलन चाम्सको फिल्म ‘लिलीबिली’ले पनि बक्स अफिसमा राम्रो ब्यापार गरेको छ । यो फिल्मले बक्स अफिसमा ४ करोड २ लाख भन्दा बढीको ब्यापार गरेको छ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्स, गोविन्द शाही र सुदिप खड्काले फिल्मलाई निर्माण गरेका हुन् । स्कटल्याण्डमा छायाङकन गरिएको यो फिल्ममा प्रदिप खड्का र जसिता गुरुङ मुख्य भूमिकामा छन् ।

 

क्याप्टेनः अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ले पनि बक्स अफिसमा राम्रो कमाई गरेको छ । यो फिल्मले ४ करोड ५० लाख भन्दा बढीको ब्यापार गरेको छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा अनमोल केसी, उपासनासिंह ठकुरी, प्रियंका एमभी, विल्शन विक्रम राई लगाएत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

 

रामकहानीः पूजा शर्मा र सुदर्शन थापाको फिल्म ‘रामकहानी’ले पनि यो वर्ष दर्शकहरुको राम्रो साथ पाएको छ । बक्स अफिसमा यो फिल्मले ३ करोड ८५ लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

 

चङ्गा चेटः फिल्म ‘चङ्गा चेट’ले पनि दर्शकहरुको राम्रो साथ पाएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यस फिल्ममा आयुष्मान देशराज जोशी, सन्दीप क्षेत्री, रविन्द्र झा लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् । फिल्मले बक्सअफिसमा ३ करोड ९ लाख भन्दा बढीको ब्यापार गरेको छ । 

 

प्रसादः विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित फिल्म ‘प्रसाद’ले पनि बक्सअफिसमा राम्रो ब्यापार गरेको छ । यो फिल्मले २ करोड ७ लाख भन्दा बढीको ब्यापार गरेको छ । फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन्, भने दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा विपिन र नम्रताका अलवा निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

 

अभिनेता प्रदीप खड्को निकै आशा गरिएको फिल्म ‘लभ स्टेशन’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको छ । तर यो फिल्मले आशा अनुरुप दर्शकहरुलाई हलमा तान्न भने सकेन । बरु कन्टेन्ट चोरीको आरोपको बर्षा भने टन्नै आयो । यो फिल्ममा प्रदीप खड्काको अपोजिटमा जसिता गुरुङ रहेकी छन् । 

 

भोली (शुक्रबार)बाट निकै आशा गरिएको दुई फिल्म अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३’ र सलिनामान बनियाको मुख्य भूमिका रहेको फिल्म ‘यात्रा’ दर्शकमाझ रिलिजमा आउँदैछन् । यी दुई फिल्मको भविष्यवाणी भने आगामी दिनमै थाहा हुनेछ ।

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 9 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 18 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 29 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।