IIMS College

ISMT

HUB Education

हिउँदे झरी अझै लम्बिने, फेरि वर्षा र हिमपात

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । 

 

सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

 

‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उनले नेपाल समाचारपत्रसँग भने । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताए ।

 

‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–मौसमविद् मीनकुमार अर्याल भने ।

 

मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ । 

 

गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ ।

 

शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यसै गरी काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ । केही दिनअघि देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको थियो ।

 

यो समाचार आजको नेपाल समाचारपत्रबाट ।


थप समाचार

विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

  • 8 minutes ago
विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकै छटपटाहटमा रहेका छन् । पार्टीभित्रैबाट घेराबन्दी भएपछि उनी बेचैन रहेका छन् । यसैबीच उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका

कर्णाली उत्सव : कर्णालीमा ‘कालापहाडका तोडा’

  • 11 minutes ago
कर्णाली उत्सव : कर्णालीमा ‘कालापहाडका तोडा’

सुर्खेत । कर्णालीका युवा ‘कालापहाड’ अर्थात् भारत जाने गर्दछन् । पछिल्ला वर्ष खाडी मुलुकमा कामदारको माग बढेपछि कालापहाडको मोह घट्दो छ । ती दुबै मुलुकमा कामको खोजीमा विदेशिनुपर्ने बाध्यताका कारण कर्णाली

सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरेपछि...

  • 22 minutes ago
सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरेपछि...

एजेन्सी । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।