एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ । 

 

अविकसित देश मात्र होइन विकसित देशमा पनि यो रोग धेरैको मृत्युको कारण भइसकेको छ ।

 

असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित रगत, एचआईभी संक्रमित आमाले बच्चा जन्माउदा र प्रयोग गरिएका सुई (इन्जेक्सन)बाट यो रोग एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ ।

 

एचआईभी संक्रमण भएको लामो समयसम्म पनि यो रोग पत्ता लगाउन कठिन हुन्छ । यदि तपाईले थोरै सावधानी अपनाउनु भयो भने यो रोग लागेको समयमै थाहा हुन्छ ।

 

यो रोग लाग्दा यस्ता लक्षणहरु देखा पर्छन् त्यसलाई समयमै जानीराख्नु राम्रो हुन्छ ।

 

यस्ता छन् लक्षणहरुः

 

लामो समयसम्म ज्वरो आउनु

 

सामान्यतया ज्वरो आउनु एक आम तथा सामान्य समस्या हो । तर यो बिमारी लामो समयसम्म रह्यो भने एचआईभी लागेको प्रारम्भिक लक्षण हुन सक्छ । यदि तपाईलाई लामो समयसम्म ज्वरो आइरहेको छ भने तुरुन्त चिकित्सकसँग परामर्श गरेर रगत परीक्षण गराउनुहोस् ।

 

थकान

 

एचआईभीका जीवाणुले हाम्रो शरीरको कार्यक्षमतामाथि नराम्रो असर गर्छन् । यस्तो अवस्थामा मानिसहरु धेरै थकान महसुस गर्छन् । यदि तपाईलाई पनि काम नै नगरी थकान लाग्छ भने सावधान हुनुहोस् । यो एचाईभी लागेको प्रारम्भिक लक्षण हुनसक्छ ।

 

मांसपेशी दुख्ने समस्या

 

एचआईभी पीडित व्यक्तिमा मांसपेशी दुख्ने समस्या हुन्छ । यदि तपाईमा पनि लगातार मांसपेशी दुख्ने समस्या छ भने सावधान हुनुहोस्, कतै एचआईभी त लागेको छैन रु

 

टाउको दुख्ने समस्या

 

एचआईभीको भाइरसका कारण शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । जसका कारण नियमित जस्तो टाउको दुखिरहन्छ । यदि तपाईमा पनि लगातार टाउको दुख्ने तथा घाँटी दुख्ने समस्या छ भने रगत परीक्षण गराइहाल्नुहोस्, एचआईभी लागेको हुनसक्छ ।

 

शरीर चिलाउने तथा छालामा दाग देखिनु

 

भनिन्छ कि तपाईको छालाले नै शरीरको बारेमा सबैथोक बताउँछ । यो कुरामा धेरै हदसम्म सत्यता पनि छ । एचआईभी संक्रमण हुँदा पनि छालाले चेतावनी दिन्छ । यदि छाला चिलाउने तथा दाग र धब्बा देखिने समस्या छ भने यो एचआईभीको लक्षण पनि हुन सक्छ ।

 

तौल घट्दै जानु

 

संक्रमित व्यक्तिको तौल एक्कासी भारी मात्रामा घट्दै जान्छ । यो रोग लागेपछि आफूलाई मन पर्ने खाना पनि मन नपर्ने तथा खान मन नलाग्ने हुन्छ ।

 

सुख्खा खोकी लाग्नु

 

लामो समयसम्म सुख्खा खोकी लागिरहनु पनि एचआईभीको लक्षण हुनसक्छ ।

 

रातको समयमा पसीना आउनु

 

यो रोगबाट संक्रमित व्यक्तिलाई रातको समयमा सधैँ पसीना आउने , बेचैनी हुने हुन्छ भने निन्द्रा नलाग्ने समस्याले सताउँछ ।

 

अस्वस्थ्य र पहेँलो नङ

 

एचआईभीको शिकार हुने मानिसको हात खुट्टाको नङ पहेँलो हुन्छ ।

 

एकाग्रतामा कमि आउनु

 

एकाग्रतामा भारी मात्रामा कमी आउनु, चाहेर पनि आफ्नो काम वा पढाईमा पूरा ध्यान दिन नसक्नु एचआईभीको लक्षण हुन सक्छ ।

 

 

 

 

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 3 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।