Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने


विराटनगर। नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ। मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेसका ८ विद्रोही सांसद र एमालेको साथ र सहयोगमा कार्की प्रदेश मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले एमाले र आफ्नो पार्टीका विद्रोहीलाई समेटेर तत्काललाई तीन सदस्यीय मन्त्रिमण्डल पनि बनाएका छन्। उनलाई अिन्तम समयमा गठबन्धन दलले गठबन्धनकै मुख्यमन्त्री बनाउन आग्रह गरेपनि उनले एमालेका नेतालाई मन्त्री बनाएर अगाडी बढेपछि संसय छ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्की गठबन्धनकै मुख्यमन्त्री हुने र तत्काल
कोशीमा कुनै सर्वदलीय सरकार नबन्ने बताईरहेका बेला कार्कीले भने आफुले सक्दो सहमतिको सरकार बनाउन पहल गर्ने भन्दै आफुलाई सहयोग गरेकालाई लिएर पहिलो चरणमा सरकार विस्तार र प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।

त्यसपछि गठबन्धन दल त्यसमा पनि मुख्यमत माओवादीले के गर्ला भन्ने अहिले चासो बढिरहेका बेला कोशी माओवादीका पदाधिकारी बैठकले विश्वासको मत दिएर जाने निश्कर्ष निकालेको हो। सामेबार बिहान माओवादीको कोशी प्रदेश पदाधिकारीको बैठक बसेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाडौँ । पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT