IIMS College

ISMT

HUB Education

विराेध प्रदर्शन र सभाकाे लागि यी हुन् गृह मन्त्रालयले ताेकेका स्थानहरू

  • बिहीबार, १४ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अब उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर अब तोकिएको ठाउँमा मात्र सभा र प्रदर्शन गर्न पाइने बताएका छन् । 

 

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले साउन १ गतेदेखि विरोध प्रदर्शनका लागि निश्चित ठाउँ तोकेको जानकारी दिएका हुन् ।

 

गृह प्रशासन सुधार कार्ययोजना अन्तर्गत राजधानीको सवारी चापलाई व्यवस्थापन गर्न निश्चित ठाउँमा मात्र प्रदर्शन र सभा गर्न पाइने व्यवस्था गरिएको हो ।

 

गृहमन्त्री थापाका अनुसार अब रत्नपार्क, माइतीघर मण्डला, नयाँ बानेश्वरलगायतका ठाउँमा सभा र प्रदर्शन गर्न पाइने छैन ।

 

यसअघि ०७४ चैत ३० गतेको जिल्ला सुरक्षा समिति र काठमाडौं महानगरपालिकाबीच बसेको बैठकले विरोध प्रदर्शनका लागि सात ठाउँ तोकेको थियो । 

 

बैठकले विरोध प्रदर्शनका लागि खुलामञ्च, तीनकुने खुला चौर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला, खेल मैदान, सानो गौचर फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद, अगाडिको खुला स्थान, सिफल चौर, गौशलामा मात्र प्रदर्शनका लागि ठाउँ तोकेको थियो ।

 

गृहमन्त्रालयले भने यसबाहेक ललितपुर र भक्तपुरमा समेत सभा र प्रदर्शन स्थल तोकेको छ । सभा र विरोध प्रदर्शनका लागि गृहले सल्लाघारीमा रहेको नेपाल ट्रष्टको खाली जग्गा एक ठाउँ मात्र तोकेको छ ।

 

ललितपुरमा भने च्यासल खेल मैदान, गोदावरी बसपार्क नजिकैको खाली चौर, भैंसेपाटीको छयासीकोटमा रहेको खाली क्षेत्र, बज्रबाराही, लुभुको खुला स्थान, धोविघाट नजिकैको मलपोखरीको खुला स्थानलाई प्रदर्शन र सभास्थलका रुपमा तोकिएको छ। 

 

माइतीघर मण्डलामा कार्यक्रम गर्दा सवारी आवागमन र सर्वसाधारणमा असर पर्ने दाबी सरकारको छ । सवारी चाप हुने क्षेत्रको एउटा सुन्दर क्षेत्रमा प्रदर्शन भन्दा संरक्षणमा जुट्नसमेत सरकारले सबैलाई अनुरोध गरेको छ ।


थप समाचार

एनआईसी एसिया बैंकको मूल्य सामायोजन

  • 3 minutes ago
एनआईसी एसिया बैंकको मूल्य सामायोजन

काठमाडौँ । नेप्सेले एनआईसी एसिया बैंकको मूल्यको समायोजन गरेको छ । नेप्सेले एनआईसी एसियाका ४०७ दशमलव २७ रुपैयाँ मूल्य तोकेको छ ।

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

  • 23 minutes ago
घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार

माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

  • 28 minutes ago
माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।