खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

फाइल फाेटाे

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् । 

 

आज गृहमन्त्रालयमा मृतक खुर्शिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधि सँगको भेटमा गृहमन्त्री थापाले घटनालगत्तै छानबिन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वास व्यक्त गरे । 

 

उनले मृतक अन्सारीका परिवारका प्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई शहीद घोषणा गरिसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई÷चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए । 

 

गृहमन्त्री थापाले भने, ‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जो सुकै भए पनि कारवाहीको दायरामा ल्याइछाड्छौँ ।’ उनले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रस्ट पारे । 

 

भेटमा सहभागी मृतक खुर्शिदका भाइ जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरिएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । 

 

उनीहरुले घटनापछि खुर्शिदलाई लाञ्छना लगाएर सञ्चारमाध्यममा आएको समाचारले आफूहलाई झनै पीडा थपिएको बताए । 

 

उनीहरुले मृतक खुर्शिदलाई नियोजित रुपमा आरोप लगाइएको भन्दै लगाइएको आरोप तथा आरोप लगाउनेबारे समेत छानबिन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।


थप समाचार

के तपाईलाई राज योगबारे थाहा छ ?

  • 58 minutes ago
के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन

यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

  • 1 hour ago
यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

  • 1 hour ago
बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।