मर्स्याङदी गाउँपालिकाभरि ‘होमस्टे’ सञ्चालन

फाइल फाेटाे

लमजुङ । लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङदी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ । 

 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा १३ गाउँमा होमस्टे सञ्चालन गर्ने तयारी अनुसार हालसम्म आठ गाउँमा होमस्टे सञ्चालन गरिएको छ । 

 

अन्य गाउँमा होमस्टे सञ्चालनको तयारीका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । ‘होमस्टे सञ्चालनका लागि पूर्वाधार तयार गरिँदै छ । हामी चालू आवभित्र ती गाउँमा होमस्टे सञ्चालन गर्छौं’, उनले भने । 

 

मर्स्याङदी गाउँपालिका–१ घनपोखरा, ३ को सिउरुङ र ढगैं, ४ को छापा र मिप्रा, ५ को खानीगाउँ, ८ को भुष्मे र ९ को भलामचौरमा होमस्टे सञ्चालन गरिएको छ । यी गाउँका ७० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ । 

 

वडा नं. ४ को कालाघिरिङ, ५ को सञ्जापु, ६ को भीरपुस्तुन, ७ को उस्ता र नयाँगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको गुरुङले बताए । उक्त गाउँमा होमस्टेका लागि संरचना निर्माणसँगै, सरसफाइ, गाउँसम्म पुग्ने सडक तथा गोरेटो निर्माण गरिएको छ । 

 

होमस्टे प्रवर्द्धनका लागि गाउँपालिकाका नौ वटै वडालाई समेटेर वृत्तचित्र निर्माणसमेत गरिएको छ । कतिपय होमस्टे गाउँले पर्यटन प्रवर्द्धनका लागि गीति एल्वम निर्माण गरिएको छ । यहाँका ८० घरमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । 

 

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार यसअघि होमस्टे सञ्चालन गरिएका गाउँमा वार्षिक रुपमा पर्यटन–प्रवद्र्धनका कार्यक्रम गरिँदै आएको छ । 

 

गाउँपालिका भित्र अन्य नयाँ ठाउँ पहिचान गरी होमस्टे प्रवद्र्धनात्मक कार्यक्रम थालिएको उनले बताए । आ.व. २०७४/७५ मा गाउँपालिकाले रु. १० लाख विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको थियो । चालु आव २०७५÷७६ मा रु. १५ लाख विनियोजन गरिएको छ । 


थप समाचार

के तपाईलाई राज योगबारे थाहा छ ?

  • 35 minutes ago
के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन

यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

  • 42 minutes ago
यी महिलाहरुले हात धुन समेत पानीको प्रयोग गर्न पाँउदैनन्

एजेन्सी । दुनिँयामा कैयौ यस्ता आदिवासी क्षेत्रहरु छन् जँहा रहेका मानिहरुको परम्परा पनि अनौठो हुन्छ ।

बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

  • 48 minutes ago
बिहिबार जन्मेका व्यक्तिकाे गुण कस्ताे !

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यस्ता मानिसहरुलले अरुलाई निकै इज्जत गर्छन् । त्यसकारण मानिसहरुका लागि आदर्श पनि बन्ने गर्छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्म अनुसार यस्ता छन् बिहिबार गर्नै नहुने कामहरु

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।