दालचिनी र मह मिसाएर दिनहुँ सेवन गर्नुस् निको हुनेछन् यी रोगहरु

एजेन्सी । मह र दालचिनी मिसाएर  सेवन गर्नाले शरीरलाई फाइदैफाइदा मिल्छ । यसले शरीरमा अनेक रोगहरु निको पार्न समेत मद्धत गर्दछ । 

 

मह र दालचिनीको मीश्रणबाट हुने अन्य फाइदाहरु :

 

– मुटुजन्य समस्याहरुमा मह र दालचिनीको धुलो सहितको मीश्रण तयार पार्नुस् र यसलाई जेलीको सट्टामा पाउरोटी तथा रोटीसँग आफ्नो खाजामा नियमित रुपमा खानुहोस् । यसले कोलस्ट्रोल तथा हार्टअट्याकलाई परै राख्छ । यदि तपाईले पहिलो हार्टअट्याकको अनुभव गरिसक्नु भएको छ भने यो मह र दालचिनीको मीश्रण प्रयोग गर्नुभयो भने दोस्रो हार्टअट्याक कहिल्यै तपाई छेउ आउँदैन । नियमित रुपमा मह र दालचिनी सेवन गर्नाले मुटुको धडनलाई बलियो बनाउँछ । अमेरिका र क्यानाडाका धेरैजसो नर्सिङ होमहरुमा मुटुजन्य समस्याबाट पिडीतहरुलाई यो मह र दालचिनीको मीश्रण दिने गर्नाले मुटुको भल्वमा पुर्नताजगी पाइने गरेको तथ्य सफलताका साथ प्रकाशमा आएको छ ।

 

– जोर्नी संबद्ध समस्याहरु आर्थराइटिस लगायत शरीर सुनिने तथा जोर्नीजन्य समस्याहरुबाट ग्रस्त बिरामीहरुले एक कप तातो पानीमा दुई चम्चा मह र एक सानो चम्चा दालचिनीको धुलो मिसाएर सेवन गर्नाले फाइदा प्राप्त हुन्छ । कोपनहेगन विश्वविध्यालमा गरिएको एक अनुसन्धानमा २०० आर्थराइटिसका बिरामीहरुमा यो दालचिनी र महको मीश्रण बिधि अपनाईएको थियो । जसमा ७० जना बिरामीहरु एक हप्तामै आंसिक संचो भए भने अन्य बिरामीहरु एक महिनामा पुर्ण आराम भए ।

 

– आन्द्रामा संक्रमण आन्द्रा तथा पेटमा संक्रमण वा समस्या छ भने मह र दालचिनी मनतातो पानीमा माथि सल्लाह दिए जस्तै गरि सेवन गर्नुहोस् । यसले पेटमा भएको किटाणु सखाफ पार्नुको साथै संक्रमणबाट केही दिनमै छुटकारा दिलाउँछ ।

 

– कोलस्ट्रोल माथि उल्लेख गरे जस्तै गरि मह र दालचिनी मनतातो पानीमा सेवन गर्नाले रगतमा कोलस्ट्रोलको मात्रा दुई घण्टामै १० प्रतिशतले घटेर जान्छ । अनुसन्धानले के देखाएको छ भने शुद्ध मह नियमित रुपले सेवन गर्नाले कोलस्ट्रोल आपसेआप नियन्त्रणमा आउँछ ।

 

– रुघाखोकी माथि उल्लेख गरिए जस्तै मह र दालचिनिलाई मनतातो पानीमा मिसाएर तीन दिन सम्म नियमित रुपमा दिनको दुई पटकका दरले सेवन गरेमा पुरानो तथा नयाँ रुघाखोकी र पिनासबाट सहजै छुटकारा मिल्छ ।

 

– अपच तथा पेट दर्द मह र दालचिनीको मीश्रणले अलसर तथा पेटजन्य दर्दबाट छुटकारा दिलाउँछ ।

 

– पेटमा हावा तथा ग्यास जापानमा गरिएके अध्ययन अनुसार मह र दालचिनीको मीश्रणले पेटको हावा तथा ग्यासलाई सहजै निको पार्छ ।

 

– इनफुलुएन्जा स्पेनका एक वैज्ञानिकले गरेको अध्ययन अनुसार महमा एक प्रकारका प्राक्रितिक गुण हुन्छ जसले इनफुलुएन्जाको किटाणुलाई मारिदिन्छ र बिरामीलाई फ्लुबाट जोगाउँछ ।

 

– छाला सफा गर्छ मह र दालचिनीको मीश्रण तातो पानीमा मिसाएर चियाको सट्टामा दिनको तिन पटक सेवन गर्नाले छालामा ताजगी आउनुका साथै चाउरी परेको छाला मुलायम हुँदै छालामा खटिरा तथा डण्डीफोर पनि आउँदैन ।

 

– गला भासिएको तथा घांटी दुखेको गला भासिएको तथा घांटीमा दर्द भएको बेला एक चम्चा मह प्रत्येक तीन घण्टामा चुसेर खानाले दर्द केही दिनमै हराएर जान्छ ।

 

– डण्डीफोर तीन चम्चा मह र एक चम्चा दालचिनीको लेप तयार पार्नुहोस् र यसलाई राती सुत्नुपुर्व डण्डीफोरको वरिपरी विस्तारै दल्नुहोस् । अनि विहानपख आफ्नो अनुहार मनतातो पानीले पखाल्नुहोस् । यो बिधि दुई हप्ता सम्म नियमित रुपले अपनाउनाले अनुहारको डण्डीफोरको जरा सहित सफा भएर जान्छ ।

 

– तौल घटाउन बिहान खाजा खानु पुर्व खाली पेटमा र राती सत्नु अघि मनतातो पानीमा दुई चम्चा मह र एक चम्चा दालचिनीको धुलो सेवन गर्नाले अत्यधिक तौल भएकाहरुको समेत शरीरको तौल घटदै जान्छ । अनि यो मीश्रण नियमित सेवन गर्नाले जतिनै क्यालोरी बढी भएको खाना खाए पनि बोसो जम्न पाउँदैन ।

 

– थकान हालै गरिएको अध्ययन अनुसार महमा भएको गुलियोपनाले शरीरलाई फुर्तिलो पार्छ । डाक्टर मिल्टनले गरेको अध्ययन अनुसार बृद्धले समेत एक चम्चा मह र आधा चम्चा दालचिनी एक कप पानीमा मिसाएर बिहान खाली पेटमा र राती सुत्नु अघि सेवन गर्नाले शरीरमा तागत उत्पादन हुन्छ ।

 

– सास गन्हाउने साउथ अमेरिकाका मानिसहरु बिहान उठ्ने बितिक्कै एक चम्चा मह र दालचिनीको धुलो मनतातो पानीमा मिसाएर कुल्ला गर्छन् जसका कारण उनहिरुको सास दिनै भर गन्हाउँदैन ।

 

– कान नसुन्ने समस्या नियमितरुपमा बिहान र बेलुका मह र दालचिनी सेवन गर्नाले कान नसुन्ने समस्यामा विस्तारै सुधार आउन थाल्छ र कानजन्य समस्याहरुबाट पनि छुटकारा पाइन्छ ।


थप समाचार

सुन र चाँदीको मूल्य स्थिर

  • 32 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

  • 40 minutes ago
चितुवाकाे अाक्रमणबाट चार बर्षीया बालिकाकाे मृत्यु

दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।

राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

  • 44 minutes ago
राेजगारीकाे लागि मलेसिया पुगेका धामी मृतअवस्थामा भेटिए

दार्चुला । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।