गर्मीका कारण स्वास्थ्य संस्थाहरूमा बढ्याे बिरामीकाे संख्या

सांकेतिक तस्वीर

बैतडी । अत्यधिक गर्मीका कारण बैतडीका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । 

 

जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक रुपमा ६०/७० जनाभन्दा बढी बिरामी आउने गरेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । 

 

'ज्वारो र झाडापखाला लगायतका बिरामी उपचारका लागि बढी आउने गरेको छ', उनले भने, 'गर्मीका समयमा खानपिनमा विशेष ध्यान दिन नसक्दा बढी बिरामी पर्ने गरेका छन् ।'

 

यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारण बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

 

जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् । गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव भएपछि सरसफाइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ । 

 

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव छ ।  


थप समाचार

आज राति राति १०ः४५ बजेदेखि बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

  • 9 hours ago
आज राति राति १०ः४५ बजेदेखि  बिहान ५ः४५ बजेसम्म मृगशिरा उल्का वर्षा

हेलीको पुच्छेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।

बस दुर्घटनामा ३२ घाइते

  • 9 hours ago
बस दुर्घटनामा ३२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

  • 10 hours ago
नेकपा सचिवालय बैठक : आन्तरिक विषयमा छलफल

दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।