घुम्न जाउं पोखरा हट एयर बेलुनमा ...

पोखरामा पहिलोपटक हट एयर बेलुनको व्यवसायिक उडान सुरु

  • शनिबार, १ मंसिर, २०७५
  • 3 weeks ago
  • खेल

 

पोखरा । पर्यटकीय शहर पोखरा अबदेखि हट एयर बेलुनमा उडेर पनि घुम्न पाइने भएको छ । 

 

हट एयर बेलुन प्रालि नेपालले सुरु गरेको हट एयर बेलुनको व्यवसायिक उडान शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । फेवाताल किनारमा भएको हट एयर बेलुनको पहिलो उडानमा उडेर व्यवसायिक उडानको उद्घाटन गरेका हुन्। 

 

पोखराको आकाशमा पर्यटकलाई बेलुनमा उडाएर अन्नपूर्ण हिमश्रृंखला र पोखराको दृश्यावलोकन गराउने उद्देश्यले बेलुन नेपाल प्रालिले व्यवसायिक उडान सुरु गरेको हो । यसअघि सन् २०१० मा पोखरामा हट एयर बेलुन फेष्टिभल भए पनि व्यवसायिक उडान भने भएको थिएन। 

 

बेलायतका एक सफल व्यवसायी दिपक श्रेष्ठसहितका ५ जना युवा व्यवसायीले डेढ करोड लगानीमा दुईवटा हट एयर बेलुनबाट व्यवसायिक उडान सुरु गरेका हुन् । 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल नागरिक उड्डयान प्राधिकरणसँग ५ वटा हट एयर बेलुन उडाउने अनुमति लिई व्यवसायिक उडान सुरु गरिएको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रबिण महर्जनले जानकारी दिए। 

 

हट एयर बेलुनमा उडेर ५ सय मिटर उचाईसम्म उडान भर्ने गरि व्यवस्था मिलाईएको छ। साहसिक खेलको राजधानीको रुपमा विकास भएको पोखरामा हट एयर बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प पनि सञ्चालन गर्ने लक्ष्य रहेको प्रबन्धनिर्देशक महर्जनले बताए। पोखरामा साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जिप लाइन लगायतका साहसिक खेल हुँदै आएको छ। 

 

हट एयर बेलुनकोसमेत व्यवसायिक उडानले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे। गण्डकी प्रदेशमा पाँच वर्ष्भित्र पोखराको जनसंख्या बराबर पर्यटक ल्याउने प्रदेश सरकारको लक्ष्य रहेकोले यस्ता साहसिक खेल पर्यटनले प्रदेशको पर्यटन विकासमा सहयोग पुग्ने मुख्यमन्त्री गुरुङले बताए। गण्डकी प्रदेशमा २४ लाख जनसंख्या रहेको छ।

 

हट एयर बेलुन कास्कीको माछापुच्र्छे गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्ने गरि उडान भरेर एक घण्टा दृश्यावलोकन गराउने व्यवस्था मिलाइएको छ। यसरी उडेको बेलुन पोखराको दृश्यावलोकन गर्दै हेम्जा र मादीखोलाको किनारमा अवतरण गर्ने प्रालिका निर्देशक महर्जनले बताए। 

 

हट एयर बेलुनको सुरक्षित उडान गर्नका लागि दक्ष पाइलट र इन्जिनियर नियमित खटिने उनले बताए। उनले बेलुन उडानमा सहभागीको २० हजार अमेरिकी डलरको इन्सुरेन्स रहेको जानकारी दिए। ठुलो हट एयर बेलुनमा ८ जना र सानो हट एयर बेलुनमा ६ जना उड्न सक्ने क्षमताको भएको महर्जनले जानकारी दिए। बेलुन ६ देखि ८ किलोमिटर प्रति घण्टा उड्ने बताइएको छ।

 

हट एयर बेलुनको व्यवसायबाट २५ जनाले रोजगारी पाउने भएका छन्। बेलुनको व्यवसायिक उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग हट एयर बेलुन खरीद गरेको हो। व्यवसायिक उडानको अवस्था हेरेर प्रालिले थप तीनवटा बेलुन पनि थप्ने लक्ष्य राखेको प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए। 

 

हट एयर बेलुनमा उडेर दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घण्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १ सय ६० डलर लाग्ने व्यवस्था प्रालिले गरेको छ। २५ मिनेटको थेथर फ्लाइटको नेपालीलाई ६ हजार र विदेशीलाई ९० डलर लाग्ने छ। यसैगरी स्पेशल थेथर फ्लाइट २५ मिनेटको नेपालीलाई ३३ सय र विदेशी पर्यटकलाई ४ सय ५० अमेरिकी डलर लाग्ने छ। स्पेशल फ्रिफ्लाइट १ घण्टाको नेपालीलाई ६३ हजार र विदेशीलाई ८ सय ४० डलर लाग्ने छ। 

 


थप समाचार

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 10 hours ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।