यस्ता ४ कुराहरु भएको घरमा बस्नु खतरनाक

Education Park

एजेन्सी । घर भनेको सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ । तर, सधैँ यस्तो हुँदैन । शास्त्रमा आफ्नै घरपनि विभिन्न कारणले असुरक्षित हुने उल्लेख छ ।

 

नीति अनुसार शुभ घर यस्तोलाई मानिन्छ जहाँ माया गर्ने पत्नि, दुःख पर्दा साथ दिने साथी, इमान्दार नोकर हुन्छ । यति कुरा भएको व्यक्ति संसारमा सुखी हुन्छ । तर, यी सबै कुरा जीवनमा पाउनु मुस्किलको कुरा हो । 

 

खासमा अधिकाँश मानिसलाई यस विपरितको अवस्था प्राप्त हुन्छ ।

 

गरुण पुराणका अनुसार खराव स्वभाव भएकी पत्नि, बाद विवाद गरिरहने नोकर र सर्प बसेको घरमा बस्नु सँधै खतरनाक हुन्छ ।

 

खराब पत्नी

हिन्दु धर्ममा पत्निलाई सम्मानीय मानिएको छ । परिवार कस्तो हुन्छ भन्ने कुरा पत्निमा भर पर्छ । पत्निसँग नराम्रो व्यवहार गर्नु पनि गलत मानिन्छ । पत्निलाई त्यसैकारण अर्धाङ्गिनी भनिएको हो । तर पत्निको स्वभाव खराब छ भने त्यस्तो पत्निको पतिले दुःख पाउने निश्चित छ । अझ परपुरुषसँग संगत भएकी व्यविचारिणी पत्नि भएमा यस्ता पुरुष सधैँ खतरामा हुन्छ । त्यसकारण खराब पत्निसँग बस्नु खतरनाक भनिएको छ ।

 

दुष्ट मित्र

जीवनमा सच्चा साथी हुनु दुर्लभ कुरा हो । अझ दुःखमा समेत साथ दिने साथी त जीवनमा कमै पाइन्छ । हामीले साथीको विषयमा विभिन्न कथा सुनेका छौं । कतिपय अवस्थामा हामीले सच्चा साथी ठानेर विश्वास गरेको मानिस सबैभन्दा घातक भएर निस्कन्छ । यदि तपाइँले त्यस्तो साथीलाई विश्वास गरिरहनु भएको छ भने तपाइँ सँधै खतरामा हुनुहुन्छ । दुष्ट मित्र रहेको घरमा बस्नु सँधै खतरनाक हुन सक्छ ।

 

झगडा गर्ने नोकर

घरमा नोकर राख्ने चलन पुरानो हो । काम गर्नका लागि मानिसहरुले अहिले पनि घरमा मानिस राख्छन् ।

तर मालिक र नोकरको सम्बन्ध सुमधुर हुन कठिन हुन्छ । त्यसैले बादविवाद गरिरहने र झगडा गर्न तम्सिने नोकरलाई शास्त्रले खतरनाक भनेको छ । मालिकसँग झगडा गरिरहने नोकरलाई तत्काल कामबाट निकाल्नु उपयुक्त हुन्छ । किन भने त्यस्तो नोकर खतराको घर हो ।

सर्प

घरमा वा घर नजिकै सर्प बस्छ भने तपाइँको जीवन सँधै खतरामा हुन्छ । यस्तो ठाउँमा नबस्नु नै बेस । सर्पले डसेर जुनसुकै बेला पनि ज्यान जान सक्छ ।


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 10 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 10 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 11 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र