ISMT

HUB Education

कहिल्यै यस्ता अनौठा घरहरु देख्नु भएको छ ?

Education Park

 

Kathmandu Trade Show

 

भवन कस्तो हुनुपर्छ ? तपाईलाई के लाग्छ ? विश्वका विभिन्न कुनमा रहेका इन्जिनियरहरुले केही यस्तै नौलो काम देखाएका छन् । उनीहरुको मास्टरमाइण्डका कारण उनीहरु तथा उनीहरुले बनाएको बिलडिङले विश्वभर चर्चा पाएका छन् । प्रकृतिमा रहेका सिमाबिहिन चमात्कारलाई समेत चुनौती दिएको केही विश्लेशकहरुको भनाइ समेत रहेको छ ।

 

लण्ड्न लागेको जस्तो, हेर्दै अनौठो लाग्ने खालका केही डिजाइनहरुले आधुनिक डिजाइनरहरुको कला कौशलको जति तारिफ गरेपनि कमै होला । हाल गगनचुम्मी भवनहरु विश्वका हरेक कुनामा रहेका छन् । आटिटेक्चरले डिजाइन गरेका यस्ता विलडिङ बनाएर यथार्थमा समेत प्रमाणित समेत गरेका छन् । विश्वका केही यस्ता आश्चर्य लाग्ने १० बिलडिंङहरुको सचुी यस्तो रहेको छ । 

 

१०. नेशनल सेन्टर फर द पर्फमिङ आट्र्सः चीन

अण्डा आकारमा निर्माण गरिएको यो बिलडिङ १२०० स्क्वाएर मिटरमा बनेको छ । यसमा तीनवटा ठुला हलहरु रहेका छन् । ५,४५२ मानिसहरु क्षमता अट्नेछन् । यो बिलडिङको डिजाइन फ्रेन्च आर्टिटेक पाउल एन्ड्रीउले बनाएका हुन् । यो बिलडिङ बनाउन झण्डै ६ वर्ष लागेको थियो । सन् २००१ मा निर्माण सुरु भएको यो बिलडिङ सन् २००७ मा सकिएको थियो । 

 

९. क्युबिक हाउसेसः नेदरल्याण्ड

यो बिलडिङको डिजाइन आर्टिटेक पिट बोल्मले बनाएका हुन् । निकै नै मिहिनेत गरेर बनाइएको यो डिजाइमा साना ३८ वटा क्युबहरु रहेका छन् । क्यबहरु विभिन्न खाले कोण्मा रहेका छन् । रुख जस्तो देखिने तर जंगललाई आधारमा मानेर यो डिजाइन बनाइएको बताइएको छ । 

 

८. बायोसफिअर इनभारोमेन्टल म्युजियमः मोन्टरियल

 

यो बिलडिङ वातावरणमा केन्द्रित रहेको छ । टेलिभिजन सेरिजका लागि समेत यो विलडिङको प्रयोग भएको थियो । 

 

७. फरेस्ट स्पाइरलः जर्मनी

जर्मनीमा रहेको यो विलडिङ सन् १९९० मा बनेको थियो । यो बिलडिङको डिजाइन अष्ट्रियन आटिस्ट फ्रिडेन्सरिच हन्डरवासरले गरेका हुन् । यसलाई कार्यान्वयन तथा योजना निकष्र्षमा पुर्याउनेका काम भने आर्टिटेक हेन्ज एम. स्प्रिङम्यानले गरेका थिए । बाउभेरिन डार्मस्टाड कम्पनीले निर्माण गरेको थियो । सन् २००० मा यो बिलडिङको निर्माण काम सकिएको थियो । 

 

६. ह्याबीटेट ६७ः क्यानडा

ह्याबीटेट ६७ मोडल कम्युनिटी र हाउसिङ कम्प्लेक्स हो । यस बिलडिङको विशेषता भनेकै क्युबहरुको ठुलो मेल रहेको छ । यसमा विभिन्न खाले रमझम गर्ने स्थान तथा बालबच्चाहरुका लागि रमाइलो गर्ने ठाउँहरु निर्माण गरिएको छ । 

 

५. ला पेड्रिराः स्पेन

यो बिलडिङको डिजाइन क्याटालान आर्टिटेक एन्टोनी गाउडीले गरेका हुन् । यो बिलडिङ निर्माण गर्न करिब ६ वर्ष लागेको थियो । एक सयवर्षभन्दा पुरानो यस बिलडिङलाई युनेस्कोले वल्र्ड हेरिटेज साइटमा घोषित गरेको छ । यो बिलडिङको डिजाइन हेर्न, टप फ्लोरबाट नियाल्न अवलोकनकर्तालाई खुल्ला गरिएको छ । 

 

४. निटेरोइ कन्टेम्पोरोरी आर्ट म्युजियमः ब्राजिल

यो म्युजियम सन् १९९६ मा बनेको हो । यो बिलडिङको डिजाइन अस्कार निम्मेले गरेका हुन् । यो बिलडिङको हाइट १६ मिटर रहेको छ । क्युपोलाको डायमिटर ५० मिटरेको रहेको छ । यस बिलडिङले सबैको प्रंशसा पाएको छ । 

 

३. डान्सिङ हाउसः चेक गणतन्त्रञ

यो डान्सिङ हाउसको आफ्नै विशेषता रहेको छ । यो बिलडिङको डिजाइन भाल्डो मिलुनिकले गरेका हुन् । यो चेक गणतन्त्रकै एउटा सानदार बिलडिङको रुपमा परिचीत छ । 

 

२. स्टोन हाउसः पोर्चुगल 

कन्क्रिट मिक्सको प्रयोग गरी दुई ठुला ढुगांको सहायतमा बनाइएको हो यो घर । यो घर हेर्नकै लागि वर्षेनी हजारौ पर्यटकहरु पोर्चुगल जाने गरेको बताइन्छ । यो डिजाइन अमेरिकन फिलिन्टस्टोन कार्टुनबाट प्रभावित भएर बनाइएको बताइएको छ । 

 

१. द क्र्रुक्ड हाउसः पोल्याण्ड

यो बिलडिङ सन् २००४ मा निर्माण गरिएको हो । यो ४००० स्वायर मिटरमा बनेको छ । यो बिलडिङको डिजाइन जोटिस्की र जालेस्कीले बनाएका हुन् । 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।