IIMS College

ISMT

HUB Education

आज पनि उनी भोकै फर्किइन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हिजो राति नै प्याक गरेर राखेको लन्च बक्स फ्रिजबाट निकालेर हिंडेकी थिइन्, करुणा ।

 

दिउँसो कलेज जानु थियो, अनि कलेजपछि काम ।

 

विचरी करुणासँग नोकियाको एउटा सेट छ अनि सानो पर्स। पर्समा अरु केटीहरुको जस्तो उनीसँग धेरै मेकअपको सामान छैन । 

एउटा लिपिस्टिक छ, अनि पाउडर दल्ने ऐना पनि भएको डिब्बा ।

 

झोलाभित्र त्यो पर्स र फोनको अलावा कलेजको किताब, एउटा पानीको बोटल, लञ्चको डिब्बा छ ।

 

उनको पर्समा १०¬–२० डलरको नोट हुन्छ तर बैंकको कार्ड भने कहिल्यै हुँदैन ।

 

आज पनि साथीहरु खाजा कित्र एउटा टेकअवे पसलभित्र छिरे, उनी बाहिर नै बसिरहिन् । उनको त्यो नोकिया फोनबाट राजिवलाई फोन गरिन् । 

 

“के गर्दै हो नि ?” उनी सोध्दै थिइन् ।

 

“कतिबेला सकिन्छ त काम ?”

 

“खाना खानु भयो ?”

 

“आउँदा खेरी ब्रेड लिएर आउनु है, सकिएको छ ।“

 

करुणाले प्रश्न मात्रै सोधी रहिन् । त्यो छोटो कुराकानीमा मैले उनले कुनै प्रश्नको जवाफ दिएको जस्तो मानिनन् । उनलाई राजिवले केही सोधेन होला र न प्रश्न मात्रै गरिरहिन् ।

 

साथीहरु आए, खाजा लिएर । अनि सबै ट्रेन स्टेसनतिर गए । 

 

करुणालाई काममा जानु थियो ।

 

राजिव र करुणा बिहे गरेर अस्ट्रेलिया आएका थिए । यहाँ आएपछि उनीहरुले निकै दुःख गरेर काम गरेका छन् । राजिव आफू पनि खुब दुःख गर्छ, पैसा जोगाउँछ, खर्च एकदम कम गर्छ । अनि करुणालाई पनि खर्च नगर्न भन्छ । चाहिएको सामान आफैँ किनेर ल्याउँछु भन्छ, त्यसैले त करुणाले ‘ब्रेड’ लिएर आउनु है भनेकी ।  

 

“कार्ड लिएर हिँड्यो भने खर्च हुन्छ, त्यसैले कार्ड घरैमा छोडौँ है, दुइटैको”, शुरुशुरुमै राजिवले करुणालाई भनेको थियो ।

सबै साथीहरुले गरेको मज्जाले हामी सबैलाई ईष्र्या लाग्छ । 

 

शुरुशुरुको दिनमा सबैले कानमा सेतो इयरफोन लगाएर हिँडेको देख्दा आफूलाई पनि आइफोन कित्र निकै मन लागेको थियो रे, रवि भाइले भनेको । “सबैको जिन्दगी जिउने, मोजमस्ती गर्ने, खाने पिउने तरिका एउटै हुँदैन । हामी पनि त फरक फरक प्रकृतिका हुन्छौँ नि”, उनी भन्छन् ।

 

काम नहुँदा पैसा पनि नहुँदा उनी सुरिएर नडराई ट्रेन पनि टिकट नलिइकन चढेछन् । हिजोआज रवि भाइसँग आइफोन पनि छ, सेतो इयरफोन पनि । काम पनि राम्रै छ, अनि टिकट सधैँ काट्छन­ ट्रेनको ।

 

“दाइ, जति आफू मरीमरी काम गरेर पनि सधैँ ईष्र्याको जिन्दगी के जिउनु ? आखिर ऋण भत्रे कुरा सबैको हुन्छ । दुःख मात्रै गरेर आप्mनो सामान्य इच्छा पनि पूरा नगर्ने हो भने त काम गरेको, दुःख गरेको के मतलब होइन र ?” रवि खुशी छन् ।

 

करुणाले बिहान फ्रिजबाट निकालेर ल्याएको खाना दिउँसै साथीहरुसँगै बसेर खाएकी थिइन् । कलेज सकिएपछि घर जानुभन्दा अघि साथीहरुले खाजा खान खोजे, उनी चाहिँ फोन गर्नु छ भनेर बाहिरै बसेकी थिइन् ।  

 

आज भने बिचरीलाई मजाले एक कप क्यपुचिनो खान मन लागेको थियो । साथीहरुसँग छुट्टिएपछि अब ट्रेनबाट ओर्लिएर आज भने कफी खाएर काम शुरु गर्नु पर्ला भत्रे सोचिन् । झोलामा कोइनहरु थिए, काममा छिर्नुभन्दा पहिले एउटा पार्कमा बसेर वरिपरि सबैलाई हेर्दै मज्जाले कफी पिइन् ।  

 

पार्कको बाटो भएर हिँड्ने सबैलाई उनले निकै मज्जाले नियालेर हेरिन् । धेरैपछि यसरी रमाएर खुला बसेको जस्तो मानिन् करुणाले । एउटा आनन्दी महसुस गरिन् । यी सबै मान्छेहरुसँग आप्mनै¬आप्mनै दुःख¬–पीर होला कि नहोला भएर सोचिन् । एक जना केटा र केटी एक अर्कासँग झगडा गर्दै थिए । केटोले फकाउँदै थियो । एक छिनपछि केटी पनि रिसाउन छोडी । करुणाले आफूहरु झगडा गरेको कुरा सम्झिएकी होलिन् । अलि पर एउटा जोडी एकअर्काको अँगालोमा लिप्त भएर चुम्बन गरिरहेको देखिन् । झट्ट नजर हटाइन् अनि केहि क्षणपछि फेरि आँखाको कुनाबाट हेरिन् । 

 

करुणालाई आज काममा जान मन लागेन । उनलाई आज धेरैपछि खुला भएर जिउन मन लाग्यो, अनि मोबाइल समाएर फोन गरिन् । 

 

“हेलो,  दाइ । मलाई आज सञ्चो छैन । ढाड दुख्यो, भोलि आउँछु ।”

 

सुपरभाइजर नेपाली होला, के भनेछ कुत्री, उनी निन्याउरी भइन् ।

 

“के गर्ने त दाइ, बिरामी पनि थाहा भएर भइन्छ त ?”

 

फोन राखेर उनी हिँडिन्, सुस्त गतिमा ।  कुनै हतास थिएन जस्तो गरी ।  

 

फेरि फोन हातमा निकालिन्, टाइम हेरेर फेरी झोलामा राखिन् । अनि एक्लै घुमिन्, सबैतिर पहिलो पल्ट घुम्दै आएको टुरिस्टले जस्तो गरी नियालिन् ।  कपडा पसलमा पनि छिरेर एउटा सानो प्लास्टिक बोकेर निस्किन् । पाँच डलर जोगाएर अलग्गै राखिन् । अनि ओपेरा हाउसतिर लागिन् । साँझको अँध्यारोमा समुद्रको किनारमा खुशी मानेर बसिन् ।

 

रात पर्न लागेपछि उनी घर लागिन् ।

 

आज सबै कुरा उनलाई नयाँ लाग्दैछ । करुणा खुशी छिन् । 

 

बाटैबाट राजीवलाई टेक्स्ट पठाइन् “बुढा, ब्रेड नल्याउनू, मैले नै ल्याएँ ।”

 


थप समाचार

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

  • 9 hours ago
बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौँ । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

  • 9 hours ago
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

  • 9 hours ago
कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छः काङ्ग्रेस

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।