IIMS College

ISMT

HUB Education

जब श्रीमान्‌ले श्रीमतीलाई ‘जुवामा हारे’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बीबीसी । भारतको ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले कथित रूपमा आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ।

 

हारपछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ।

 

महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीले भनेको छ, ‘पीडित महिलालाई हामीले जाँचका लागि बालेश्वर पठाएका छौँ र फरार दुवै आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौँ।’

 

जबरजस्ती

आरोपीहरूविरूद्ध बलात्कारसहित अन्य अभियोग पनि दायर गरिएको प्रहरीले जनाएको छ।

बीबीसीसँग कुरा गर्दै पीडित महिलाले भनिन्, ूगत महिनाको २३ तारिख मेरा श्रीमान् राति ११ बजे घर आउनुभयो र मलाई बाहिर जाऊँ भन्नुभयो। मैले जानुपर्ने ठाउँबारे सोध्दा उहाँले केही भन्नुभएन।ू

 

‘मलाई जबरजस्ती गाउँ बाहिर लग्नुभयो जहाँ उहाँका साथी पहिल्यैदेखि हुनुहुन्थ्यो। म उहाँलाई दाइ भनेर बोलाउने गर्थेँ। उहाँले मेरो हात समाएर आफूतिर तान्न थाल्नुभयो। मैले विरोध जनाए पनि मेरै श्रीमान्‌ले मलाई उनको जिम्मा लगाइदिनुभयो।’

 

भोलिपल्ट पीडित महिलाकी छोरीले आफ्ना हजुरबुवा ९आमापट्टिको० लाई फोन गरेर घटनाबारे जानकारी गराइन्।

 

त्यसपछि पीडित महिलाका बुवा र भाइ घर पुगे।

 

पीडित महिलाका बुवाले भने, ‘हामीले सम्धिज्यू र ज्वाइँ साहबलाई घटनाबारे सोध्दा आफूहरूलाई केही थाहा नभएको भन्नुभयो। त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ।’

 

तनाव

उनले अगाडि थपे,‘मुखियाले गाउँका अरू भद्रभलादमीसँग कुरा गर्नुभयो र हामीसँग दुई दिनको समय माग्नुभयो। हामी छोरी र उसका दुई सन्तानलाई लिएर फर्कियौँ।’

 

‘मे २७ मा हामीले स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाव दिए। बुधवार हामीले प्रहरी उपरीक्षक साहबलाई भेटेपछि बल्ल उजुरी दर्ता भयो।’

 

चौकीका इञ्चार्जले भने उजुरी लिन नमानेको भन्ने पीडित महिलाका बुवाको आरोपको खण्डन गरे।

 

उनले भने, ‘म आफैँ बिदामा थिएँ। बिदाबाट फर्केपछि दुई परिवारले मेलमिलापका लागि निवेदन दिएको बुझियो। तर प्रहरी उपरीक्षक सरले आदेश दिएपछि हामीले उजुरी लियौँ र अनुसन्धान थालिसकेका छौँ।

 

पीडित महिलाका बुवाले चाहिँ उजुरीपछि आफूहरूलाई प्रहरीले तनाव दिइरहेको आरोप लगाएका छन्।

 

उनले भने, ‘प्रहरीले हाम्री छोरीसँग उटपटाङ प्रश्न सोध्ने गरेका छन्। मानौँ ज्वाइँ नभइ हाम्री छोरी नै दोषी भए जस्तो।’


थप समाचार

फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

  • 11 hours ago
फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा सोमबार पल्टिएको हो । बेपत्ता हुनेमा काठमाडौँका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । चढेको र २ ज

सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

  • 11 hours ago
सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

काठमाडौँ । काँग्रेससहितको तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लाई लिएर नेपाली काँग्रेसले मोर्चाबन्दी गर्ने भएको छ ।

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

  • 11 hours ago
विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कले



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।