IIMS College

ISMT

HUB Education

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

भ्यानकुभर, क्यानाडा । क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ परेकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो । 

 

अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ । 

 

चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भत्र्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानाडाका राजदूतलाई बोलाएर बिरोध जनाएको थियो । साथै, अदालतबाट भएको शर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ । 

 

अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरुको चिनीया कम्पनी हुवावेले उल्लङ्घन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । 

 

उनलाई अदालतको आदेश प्राप्त गर्नासाथ रिहा गरिनेछ । भ्यानकुभरमा उनका पति लिउ झाओझोङको निवासमा बस्न मेङलाई अनुमति दिइएको छ । अदालतमा उपस्थित मेङका समर्थकहरुले न्यायाधीशको आदेशपछि खुशीयाली मनाएका थिए । 

 

मेङलाई डिसेम्बर १ तारिखमा भ्यानकुभरमा प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी अधिकारीहरुले मेङको गिरफ्तारी चीनसँगको व्यापार वार्तासँग सम्बन्धित नरहेको बताएका छन् । 

 

हुवावे प्रविधिको क्षेत्रमा चीनको विश्वव्यापी पहुँच रहेको मुख्य कम्पनी हो, तर हुवावेले उपलब्ध गराएका कतिपय सेवाहरुमाथि संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र बेलायतले सुरक्षाको कारण दर्शाउँदै प्रतिबन्ध लगाएका छन् । 

 

हुवावेका संस्थापककी छोरी मेङमाथि इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरुलाई बेवास्ता गरी व्यापारिक सम्बन्ध कायम राखेको र बैंकहरुलाई ढाँटेको आरोप लागेको छ । यदि मेङ दोषी ठहरिए उनलाई ३० वर्षभन्दा बढी जेल सजाय हुन सक्नेछ । 

 

आगामी फेब्रुअरी ६ बाट मेङलाई अमेरिका सुपुर्दगी गर्ने प्रक्रिया शुरु हुनेछ । तर कानुनी जटिलताका कारण यो प्रक्रिया पूरा हुन महिनौं, वर्षौं लाग्न सक्ने बताइएको छ । 

 


थप समाचार

यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

  • 5 hours ago
यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य चम्किन लागेको जानकारी दिन्छ

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

  • 5 hours ago
यस्ता खानाहरु मुकेश अम्बानीलाई अत्याधिक मनपर्छ

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

  • 5 hours ago
कोरोना नियन्त्रणका लागि देशव्यापी बन्दः रुवाण्डामा रुवाबासी

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।