IIMS College

ISMT

HUB Education

हुवावेको ध्यान दक्षिणपूर्वी एसियाली मुलुकहरुमा केन्द्रित

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो ।

 

अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । 

 

हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ । तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ । प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ । 

 

थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन् । उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइब–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन् । हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो ।

 

हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ । अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ ।”

 

दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ । 

 

थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ । केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइब–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 3 minutes ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 9 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 10 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।