IIMS College

ISMT

HUB Education

सरकारी स्वामित्वकाे जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । 

 

कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु. २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

 

यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी रु दश अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । 

 

कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु. आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर रु. २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो । 

 

कालिकाले आठ प्रतिशत शेयर लाभांश दिने 

 

यस्तै कालिका लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । नेपाल राष्ट्र बैंकले संस्थाको प्रस्ताव आइतबार स्वीकृत गरेको हो । 

 

संस्थाको रु. दश करोड चुक्ता पूँजीको आठ प्रतिशतले हुने रु. ८० लाख र रु. चार लाख २१ हजार ५३ कर प्रयोजनका लागि नगद लाभांश समेत स्वीकृत भएको छ । सो प्रस्तावलाई साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । 

 

यस्तै सिद्धार्थ बैंक लिमिटेडले शेयर मूल्य समायोजन गरेको छ । बैंकले पाँच प्रतिशत शेयर लाभांश दिने निर्णयपछि आज मूल्य समायोजन गरेको हो । शेयर लाभांशपछि बैंकले रु. ३०९ मा मूल्य समायोजन गरेको हो । बैंकको औसत शेयर मूल्य रु. ३५५ रहेको छ । 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 3 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 4 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।