IIMS College

ISMT

HUB Education

जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

  • सोमबार, ६ फागुन, २०७५
  • 9 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

फिदिम । पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् ।यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हुन् । 

 

ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय समितिले विगत दुई वर्षदेखि पत्र पठाउँदै आए पनि हालसम्म कुनै पनि आयोजनाबाट कर भुक्तानी नभएको निमित्त जिल्ला समन्वय प्रमुख प्रेमबहादुर काफ्लेले जानकारी दिए । 

 

पाँचथरमा हेवा ‘ए’ जलविद्युत् आयोजना दुई वर्षअघिदेखि सञ्चालनमा छ भने तल्लो हेंवाखोला जलविद्युत् आयोजना, इवाखोला जलविद्युत् आयोजना र काबेली ‘वी वान’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्षबाटै निर्माण थालिए पनि काबेली ए जलविद्युत् आयोजनाको ठोस प्रगति हुन सकेको छैन । यी पाँचवटै जलविद्युत् आयोजना निर्माणको ठेक्का लिएका कम्पनीलाई बिक्री करलगायत अन्य कर बुझाउन भनिए पनि अटेर गर्दै आएको उनको भनाइ थियो । 

 

“सयौँपटक पत्र पठाइयो । आयोजनाले शुरुमा कुनै प्रतिक्रिया नै दिएनन्”, निमित्त प्रमुख काफ्लेले भने, “केही आयोजनाका प्रतिनिधि समितिको कार्यालयका उपस्थित भए तर तिनले पनि अझैसम्म कर भुक्तानी गरेका छैनन् ।” आयोजनाले निरन्तर अटेर गरेपछि समितिले विद्युत् विकास विभागमा पत्र लेखी आयोजनाबाट कर उठाउनका लागि सहयोग गर्न तथा निर्माणसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरिएको थियो । प्रत्युत्तरमा विभागले कर तिर्न आयोजनालाई पत्र पठाउँदै सम्पूर्ण विवरण समितिलाई उपलब्ध गराउनू भन्ने निर्देशन दिए पनि ती आयोजनाले अहिलेसम्म न कर नै तिरे न त आयोजनाको पूर्ण विवरण नै समितिमा पठाए । 

 

उनका अनुसार आयोजनालवे ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गरेबापत कति कर तिर्नुपर्छ भन्ने यकिन नभएपनि आयोजनामा भएको निर्माणको कार्यलाई मूल्याङ्कन गरी जिल्ला दररेटका आधारमा कर निर्धारण गरिन्छ । यसका लागि आयोजना स्वयंले विद्युत् विकास विभागलगायत निकायबाट स्वीकृत आयोजनाको पूर्ण विवरण समितिमा पठाउनुपर्ने थियो । “आयोजना हामीभन्दा पहुँचमा भएकाले हुनसक्छ हामीलाई अटेर गर्दै आएका छन्”, निमित्त प्रमुख काफ्लेले भने । 

 

चालू आर्थिक वर्षबाट आयोजनाले उक्त बिक्री कर सम्बन्धित स्थानीय तहलाई बुझाउनुपथ्र्यो तर अघिल्ला आर्थिक वर्षकै बिक्री कर समितिमा दाखिला हुन बाँकी छ । जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले विभागसम्म पुगेर कर दाखिला गर्न ताकेता गर्दासमेत आयोजनाले विभाग र समितिलाई बेवास्ता गर्दै आएको गुनासो गरे । 

 

उक्त समितिको योजना तथा अनुगमन शाखा प्रमुख इन्दिरा दाहालका अनुसार पत्रपछि तल्लो हेवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको माउण्टेन हाइड्रो प्रालि र काबेली ए जलविद्युत् आयोजना निर्माण गरिरहेको बुटवल पावर कम्पनीका प्रतिनिधि समितिको कार्यालयमा उपस्थित भए पनि कर तिर्न भने बेवास्था गर्दै आएका थिए । 


थप समाचार

पछिल्लो ९ खेलदेखि जित निकाल्न नसकेको आर्सनल

  • 1 minute ago
पछिल्लो ९ खेलदेखि जित निकाल्न नसकेको आर्सनल

काठमाडौँ । जारी सिजनमा इंग्लिस क्लब आर्सनलले निकै खराब खेल प्रदर्शन गरिररहेको छ । बिहीबार राति घरेलु मैदान इमिरेट्समा आर्सनललाई ब्राइटनले पराजित गरेर रेकर्ड नै राखेको छ । यसअघिको खेलमा ब्राइटनले आर्सन

अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो

  • 1 minute ago
अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा चार जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ ।समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको थियो । फ्लोरिडाको मियामीस्थि

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

  • 3 minutes ago
जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

जाडाेमा हात चिसाे हुन नदिन के गर्न सकिएला ?

एजेन्सी । जाडो महिनामा चिसो हातले काम गर्नको लागि धेरै असहज बनाइरहेको हुन्छ । हात चिसो होला भनेर पकेटबाट हात निस्किन मान्दैन ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।