IIMS College

ISMT

HUB Education

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलो शेयर चैत ७ मा जारी हुने

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेत्रावती ।  ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना (नुवाकोट र रसुवामा निर्माणाधीन)ले निष्काशन गर्ने भएको छ । यही चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खोल्न लागिएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले जानकारी दिए । 

 

सैँतीस मेगावाट क्षमताको उक्त आयोजनाले गत फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गर्न लागेको हो । मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी रु एक खर्ब बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । सोही आधारमा कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात रु ३७ करोड पाँच लाख बराबरको रु। १०० अङ्कित दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

 

“बिहीबार खुला गर्ने शेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ”, आयोजना प्रमुख ढुङ्गेलले भने, “एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य रु १०० अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने रु १० मात्र तोकिएको छ ।” 

 

जनताको जलविद्युत् कार्यक्रमका लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वपूँजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा त्यसमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग शेयर आह्वान गर्ने व्यवस्था भए पनि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार १५ प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी पूरा गरेको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए । 

 

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ । जसमा आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि (शेयरधनी सम्झौता भएको बखत विसं २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी सङ्ख्याका आधारमा समानुपातिक रुपमा वितरण हुनेगरी० पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ । 

 

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ । 

 

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 3 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।