IIMS College

ISMT

HUB Education

नेपाल र बङ्गलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति जनाएका हुन् । 

 

 मन्त्रालयले सातवटै प्रदेशमा रहने गरी केही ठूला आयोजना अगाडि बढाउने कार्यक्रमलाई श्वेतपत्रमा समावेश गरेको छ । श्वेतपत्रमा  ७६२ मेगावाट क्षमताको तमोर जलाशय, ८०० मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजना, माथिल्लो अरुण ७२५ मेगावाट, किमाथाङ्का अरुण ४५० मेगावाट, तल्लो अरुण ६७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने उल्लेख गरेको छ । 

 

यस्तै सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तामाकोशी पाँचौं १०१, खिम्ती शिवालय ५०० मेगावाट र कोखाजोर जलाशयुक्त आयोजना १११ मेगावाट क्षमताका आयोजना अगाडि बढाउने विषय श्वेतपत्रमा समावेश छ । श्वेतपत्रमा २० वटा जलविद्युत् आयोजना अगाडि बढाउने उल्लेख छ । ती आयोजनामध्ये आकर्षक र उपयुक्त आयोजना छनोट गरी अगाडि बढाउने र प्राविधिक रुपमा आवश्यक तयारी गरी आगामी बैठकमा पेश गर्ने सहमति भएको छ । 

 

बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार नेपालमा जलविद्युतमा लगानी गर्ने, बङ्गलादेश विद्युत् निर्यात गर्ने र दुवै देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लग्ने नीति तय गरेको छ । नेपालको ऊर्जालाई बङ्गलादेशसम्म पुर्याउन प्रशारणलाइन निर्माण, परियोजनाको छनोट र वैकल्पिक ऊर्जामा सहकार्यबारे निर्णय भएको उनको भनाइ छ । 

 

आगामी तीन महीनाभित्र प्राथमिकीकरणका आधारमा परियोजना छनोटसहितको प्रतिवेदन ‘ज्वाइन्ट स्टेरिङ कमिटी’मा पेश गरिनेछ । नेपालको निजी क्षेत्रसँग पनि मिलेर बङ्गलादेशका लगानीकर्ता लगानी गर्न तयार देखिएका छन् । केही समय पहिले बङ्गलादेशको भ्रमणमा गएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान०का पदाधिकारीको भ्रमणमा समेत संयुक्त लगानी गर्न सकिने विषयमा महत्वपूर्ण सहमति भएको थियो । 

 

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा नेपालका लगानीकर्तासँग मिलेर लगानीका लागि बङ्गलादेश तयार भएको जानकारी दिएका थिए । आगामी दिनमा बन्ने ठूला आयोजनाको विद्युत् बङ्गलादेश पुर्याउन भारत हुँदै बङ्गलादेशसम्म प्रशारण लाइन बनाउने सहमति पनि दुई देशका सचिवस्तरीय बैठकले गरेको छ । तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुँदै बङ्गलादेशसम्म प्रशारणलाइन बनाउने सहमति भएको छ । 

 

भारतले केही समय पहिले जारी गरेको अन्तरदेशीय विद्युत् प्रसारण गुरुयोजनाले प्रशारणलाइन निर्माणका सम्बन्धमा आवश्यक सहजीकरण गरेकाले समस्या नहुने बुझाइमा दुई देश पुगेका छन् । त्यसैगरी, नेपालको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बङ्गलादेशको सेडाबीच सहकार्य गर्ने विषयमासमेत सहमति भएको छ । वैकल्पिक ऊर्जाको क्षेत्रमा बङ्गलादेशको अनुभव र नेपालमा बायोग्यासलगायतका अनुभव आदानप्रदान एवं सहकार्यका लागि संयन्त्र बनाइनेछ । 

 

दुई देशका उच्च अधिकारी सम्मिलित बैठकको शुरुमा प्राविधिक समितिको बैठक भएको थियो, भने त्यसपछि सहसचिवस्तरीय बैठक भएको थियो । सचिवस्तरीय संयन्त्रले तीनवटा निर्णय गरेको बताइएको छ । टोलीमा ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्याल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता थियो । 

 

गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बङ्गलादेश भ्रमणमा गएका बेला दुई मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी गरिएको थियो । सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको ऊर्जा संयन्त्र गठन भएको थियो । बंगलादेशले एक हजार ११० मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाटको सुनकोशी तेस्रो निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । 

 

यस्तै भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जीएमआर० ले लगानी गर्न लागेको कूल नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट विद्युत् खरिद गर्ने सैद्धान्तिक सहमति यसअघि नै गरिसकेको छ । 


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 3 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 3 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 3 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।