थापाखोलाको बाँधमा बाढीले क्षति पुर्याएपछि जलविद्युत् आयोजना बन्द

  • शुक्रबार, १ भदौ, २०७५
  • 6 months ago
  • अर्थ

म्याग्दी । बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । 

 

टुकुचे हिमालको फेदीमा रहेको थापाखोलाको बाँधमा बाढीले क्षति पुर्याएपछि मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना बन्द हुँदा मुस्ताङमा विद्युत् आपूर्ति प्रभावित बनेको प्रजिअ शिशिर पौडेलले बताए । 

 

उनका अनुसार डोजर र मजदुर परिचालन गरेर मर्मतको काम शुरु गरिए पनि विद्युत् आपूर्ति सहज बनाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको सो आयोजनाले एक वर्ष अघिदेखि उत्पादन शुरु गरेको थियो । 

 

केन्द्रीय प्रसारण लाइनमा समस्या आएका बखत मुस्ताङमा थापाखोलाबाट उत्पादित विद्युत् आपूर्ति हुँदै आएको थियो । सो आयोजना बन्द हुँदा मुस्ताङको होटल, पर्यटन, उद्योग व्यवसायका साथै र सार्वजनिक सेवा प्रवाहमा असर परेको छ । 

 

यस्तै नारच्याङको मिस्त्री, घलेम्दी र निलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ (सुरुङबाट निस्किएको गेगर र माटो) बाँधमा थुप्रिएपछि दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएको छ । गेगर, माटो, तार बगाएर ल्याई बाँधमा थुपारेपछि आयोजना बन्द भएको प्राविधिक खिम पुनले बताए । 

 

बयालिस मेगावाट क्षमताको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोलाको सुरुङको मकिङ र निलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । निर्माणाधीन आयोजना र विद्युत् प्राधिकरणका कर्मचारीलाई मकिङको व्यवस्थापन तथा आयोजना मर्मतका लागि स्थानीयवासीले सचेत बनाए पनि सुनुवाइ नभएको गुनासो छ । 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 1 hour ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 1 hour ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 1 hour ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।