जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून

म्याग्दी । म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन । 

 

चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको दरवाङ म्याग्दीखोला र ८.४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्त देखिएको विभागले जनाएको छ । 

 

अनुमतिपत्र लिई आयोजनाको भौतिक प्रगति २० प्रतिशत पु¥याउन नसकेका ३६ वटा आयोजनाको विवरण १५ दिनभित्र बुझाउन प्रवद्र्धक कम्पनीहरुलाई पत्राचार गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले बताए । 

 

उनका अनुसार उत्पादन अनुमतिपत्र लिएको एक वर्षभित्र निर्माण शुरु गर्नुपर्ने व्यवस्था विद्युत् नियमावली २०५० को नियम २१ मा गरिएको छ तर ती आयोजनाले यसलाई परिपालना गरेका छैनन् । 

 

आयोजना प्रगति न्यून हुनु र नियमित विवरण नबुझाउनुका कारण खुल्ने विवरण पेश गर्न उनीहरुलाई ताकेता गरिएको हो । प्रत्येक छ÷छ महिनामा आयोजनाको प्रगति विवरण विभागमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था छ । 

 

विसं २०६८ साउन ३ गते उत्पादन अनुमतिपत्र पाएको र नेपाल विद्युत् प्राधिकरणले बनाउन लागेको रघुगंगा हाइड्रोको अहिलेसम्मको भौतिक प्रगति दुई प्रतिशत मात्रै छ ।

 

पुरानो सिभिल ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि ऊ सँगको सम्झौता रद्द गरेर विसं २०७४ मंसिर पहिलो साता छ अर्ब रुपैयाँमा सम्झौता गरेको जेपी एशोसियट्स गत असार पहिलो हप्ता कार्यक्षेत्रमा परिचालन भएको छ । 

 

रघुगंगा हाइड्रोका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत् गृहको काम एकैसाथ अघि बढाउने तयारी गरेको बताए। 

 

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोलाले २०७१ फागुन ४ गते उत्पादन अनुमति पायो तर, लगानीसम्बन्धी विवादका कारण उसको अहिलेसम्म तीन प्रतिशत मात्रै प्रगति भएको छ । 

 

विवाद समाधान भएपछि हालै सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरेको धौलागिरि कालिका हाइड्रोका सञ्चालकहरुले आगामी हिउँददेखि भौतिक पूर्वाधारको काम शुरु हुने बताएका छन् । 

 

हाइड्रो इम्पाएर प्रालिले धवलागिरि गाउँपालिकामा निर्माण गर्न लागेको २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस २०७० चैत ६ गते उत्पादन अनुमति पाएको थियो । दुई प्रतिशत भौतिक प्रगति भएको आयोजनाले आगामी दशैं लगत्तै पहुँच मार्ग, बाँध र सुरुङको काम शुरु गर्न लागेको छ । भौगोलिक विकटताका कारण आयोजना निर्माणमा ढिलाइ भएको प्रवद्र्धकहरुको भनाइ छ । 

 

अन्नपूर्ण गाउँपालिका–३ दानास्थित पर्यटकीय स्थल रुप्से झरना क्षेत्रमा म्याग्दी रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजनाका लागि विसं २०७१ वैशाख ५ गते उत्पादन अनुपति पाएको थियो । 

 

आयोजना निर्माण कार्य प्रसिद्ध रुप्से झरनाको सौन्दर्यमा असर पर्ने र त्यसबाट पर्यटकको आगमन घट्ने स्थानीय बासिन्दाको अडानका कारण अल्झिएको छ । 

 

विवाद पछि वातावरणीय असर नपर्ने गरी पहिले प्रस्ताव गरेको भन्दा अर्कै ठाउँमा बाँध बनाउने डिजाइन तयार गरेर आयोजनाको निर्माण अघि बढाउने तयारी भएको छ । रुप्से खोलाको अहिलेसम्मको प्रगति ०।५० प्रतिशत छ । 

 

अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणका लागि विसं २०७२ असार ११ गते उत्पादन अनुमति पाएको म्याग्दी हाइड्रोपावर लिमिटेडले २०७४ चैतदेखि पूर्वाधार निर्माणको काम शुरु गरेको छ । 

 

बाँध रहने ठाउँ शिख र घारको सिमाना कुरिलाबगरसम्म पहुँचमार्ग पु¥याएर बाँध, सुरुङ, विद्युत् गृहको निर्माण शुरु गरिसकेको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए । विसं २०७७ मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ९२ प्रतिशत निर्माण कार्य सकिएको छ । एकसय मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यास्केटले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएका छन् । 

 

विभागका अनुसार म्याग्दीमा ३०८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यस बाहेक १४४।३ मेगावाट क्षमताका सात आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । 

 

तीन सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रर्वद्धक कम्पनीहरुलाई अनुमति दिइएको विभागको वेबसाइटमा उल्लेख छ । यसैगरी, २४२ मेगावाट क्षमताको आठ वटा आयोजना सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । 

 

म्याग्दीमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारण लाइनमा जोड्न अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको सब–स्टेशन निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत दानादेखि पर्वतको खुर्कोटसम्म प्रशारण लाइन निर्माण भइरहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । 

 

यसैगरी, मालिका गाउँपालिका–७ बिमको डाँडाखेत र रघुगंगा गाउँपालिका–३ पिप्लेको राहुघाटमा सब–स्टेशनका साथै डाँडाखेतदेखि राहुघाट जोड्ने प्रशारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । 


थप समाचार

१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

  • 16 minutes ago
१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छिन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 1 hour ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।

तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

  • 1 hour ago
तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्य हुनेको संख्या २०७

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।