हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 3 months ago
  • नेपाल

काठमाडौँ । पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ । 

 

नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिए । 

 

‘‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट आयात गर्नुपरेको छ’’ उनले भने–‘‘अब नेपालमा नै दक्षजनशक्ति उत्पादन गर्नका लागि उक्त विषय अध्यापन गराउन थालेका हौ ।’’ 

 

यसअघि उक्त विषयमा यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पढाइ शुरु गरिसकेको छ । डिन जोशीका अनुसार पढाइबाट उत्पादन भएका जनशक्तिले ठूला तथा मझौला जलविद्युत् परियोजनाको डिजाइन र व्यवस्थापन गर्न सक्नेछन् । 

 

विश्वविद्यालयको केन्द्रीय क्याम्पस पोखरामा उक्त विषयको अध्ययन अध्यापन आगामी भदौबाट हुनेछ । विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेश ठकुराठीले नेपालमा विद्युत् निकाल्ने काम बढिरहेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादन गर्नका लागि पढाइ शुरु गरिएको बताए । 

 

करीब रु चार लाख शुल्क लाग्ने उक्त विषयमा पहिलो पटक २० जना विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको तयारी छ । उक्त विषयमा पढ्नका लागि स्नातक तहमा सिभिल, कृषि र ग्रामीण विकास विषयमा ईञ्जिनियर उत्र्तीण गरेको हुनुपर्छ । 

 

अहिले पोखरा विश्वविद्यालयमा चार आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा चार संकायका ४८ विषयमा करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने गरेका छन् । 


थप समाचार

मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

  • 9 minutes ago
मनाङ एयरको प्रतिबन्धित हेलिकप्टर सिमकोटमा

सिमकोट । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ ।

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

  • 29 minutes ago
बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काला–ए–नाउ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

  • 43 minutes ago
पन्ध्र मुलुकका सेना सम्मिलित विपद् व्यवस्थापन अभ्यास काठमाडाैँमा सुरू

काठमाडौँ । ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान काठमाडाैँमा आजदेखि सुरु भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।