IIMS College

ISMT

HUB Education

जब विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि प्रतिबन्ध लगाउन आईसीसीलाई अनुरोध गर्‍यो...

  • आइतबार, १ आषाढ, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । आज विश्वकप क्रिकेटमा महत्वपूर्ण एक खेल हुँदैछ । जसमा दुई चिरपरिचित राष्ट्रहरु भारत र पाकिस्तान भिड्दैछन् । दिउँसो सवा ३ बजे वल्र्ड ट्राफोड क्रिकेट ग्राउन्डमा सुरु हुने यस खेललाई स्वाभिमानको लडाईको रुपमा हेरिएको छ । लामो सयमदेखि यी दुई राष्ट्रहरुबीच तिक्तता रहेको कारणले गर्दा खेलको नतिजा आफ्नो पोल्टामा पार्न दुवै राष्ट्र उद्दत हुनेछन् । 

 

तर, भारतले भने पाकिस्तानसँग खेल नखेल्नको लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग लविङ गरेको थियो । भारतले पाकिस्तानसँग खेल नखेल्ने मात्र भनेको थिएन उसले पाकिस्तानलाई विश्वकपमा नै सहभागी गराउन नहुने तर्क समेत पेश गरेको थियो ।

 

आईसीसीले खेल तालिका प्रकाशित गरेपछि पाकिस्तानलाई प्रतिबन्ध गर्न भारतले लविङ अघि बढाएको थियो । सन् २०१९ को फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमणपछि केही पूर्व भारतीय खेलाडी तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले समूह चरणमा हुने भारत र पाकिस्तानबीचको खेल रद्व गर्न साथै पाकिस्तानलाई प्रतियोगितामा नै प्रतिवन्ध लगाउनको लागि अनुरोध गरेको भए पनि इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)को दुवई बैठकले यी दुई राष्ट्रबीचको खेल खेल तालिकाअनुसार नै हुने बताएको छ । 

 

पलुवा आक्रमणमा ४४ जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएको कारणले गर्दा यी दुई राष्ट्रबीचको खेलको समयमा तनाव हुनसक्ने सचेत गराउँदै पाकिस्तानमाथि भारतले प्रतिबन्धको माग गरेको थियो ।

 


थप समाचार

पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

  • 9 hours ago
पिरुङ्ग स्पोर्टस् क्लबलाई चौँथो भोरकोट भलिबल कपको उपाधि

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित भोरकोटमा आयोजना भएको चौँथो भोरकोट भलिबल कपको उपाधि पिरुङ्ग स्पोर्टस् क्लबले हात पारेको छ ।

सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

  • 10 hours ago
सुन्दर यातायातकाे विद्युतीय बस नाफामा, पच्चीस वटा नयाँ बस थपिने

काठमाडौँ । चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले यही वर्षभित्रै थप २५ बस थप गर्ने भएको छ । गत महिना सुरु भएको बस नाफामा गएकाले बस थप्ने योजना बनाइएको हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

  • 10 hours ago
किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।