Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरूसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत

रूसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत


सोल। रूसका रक्षामन्त्री सर्गेई शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई प्योङयाङमा भव्य स्वागत गरिएको छ। कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउने सिलसिलामा रूसी टोली उत्तर कोरियाको भ्रमणमा गएको हो।

रुसी प्रतिनिधिमण्डल प्योङयाङ विमानस्थलमा अवतरण गर्दा रुसी राष्ट्रिय गीत बारम्बार बजाएर स्वागत गरिएको थियो भने विमास्थल वरपरका सडकमा रुसी झण्डा फहराइएका थिए। रक्षामन्त्री काङ सुन नामले आफ्ना रूसी समकक्षी शोइगुलाई विमानस्थलमा स्वागत गरेका थिए। उत्तर कोरियाली झण्डा र रुसी झण्डा सडकका दुवै किनारमा राखिएका उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

युद्धविरामको वार्षिकोत्सवका अवसरमा बिहीबार प्योङयाङमा विशाल सैन्य परेड हुँदैछ। चिनियाँ कूटनीतिज्ञ एवम् सैनिकको टोली पनि रुसी अधिकारीहरूका साथ परेडमा उपस्थित हुने उत्तर कोरियाली समाचार समितिले जनाएको छ। प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्न लागेको हो।

कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब शुरु भएका छन्। विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो।
यसैबीच, उत्तर कोरियालीले आफ्नो देशको सार्वभौम अधिकार, विकास र हितको रक्षाका खातिर सङ्घर्षरतरूसी सेना र जनताप्रति आफ्नो ‘पूर्ण समर्थन’ व्यक्त गरेको छ। रुस उत्तर कोरियाको ऐतिहासिक सहयोगी हो जसले केही राष्ट्रसँग मात्र घनिष्ठ एवम् मित्रवत सम्बन्ध कायम गरेको छ।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा मस्कोले गरेको आक्रमणको समर्थनमा अडिग छन्। उनको निर्देशनमा मस्कोलाई रकेट र मिसाइलहरू आपूर्ति गरिएको आरोप अमेरिकाले लगाउँदै आएको छ।

सोलको इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक ईस्लेले रूसी रक्षामन्त्रीको यो भ्रमणले कुनै हतियार सम्झौता वा कूटनीतिक उपलव्धि नहुने टिप्पणी गर्दै युद्धविरामको वार्षिकोत्सवमा एकताको प्रतीकात्मक प्रदर्शन गरेको बताएका छन्। आफ्नो देश युद्धमा रहेको बेला रूसका रक्षामन्त्रीले प्योङयाङ भ्रमण गरेको उत्तरका निम्ति महत्वपूर्ण भएको इवा विश्वविद्यालयका अर्का प्राध्यापक पार्क वोन–गोनले बताउँछन्।

रूस र चीनको उपस्थितिले आफूसँग सुरक्षा परिषद्का सदस्य राष्ट्रको साथ रहेको सन्देश अमेरिकालाई दिन खोजिएको उनको विश्लेषण छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT