IIMS College

ISMT

HUB Education

केन्यामा अन्तर्राष्ट्रिय कफी संगठनको १ सय २४ औं सम्मेलन सम्पन्न, नेपाल पनि सहभागी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । अन्तर्राष्ट्रिय कफी संगठन (आईसिओ) को १२४ औं सम्मेलन केन्याको राजधानी नैरोवीमा शुक्रबार सम्पन्न भयो । सम्मेलनमा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि एवम् बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी बनेको छ । 

 

मार्च २५ मा केन्याटा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक विशेष समारोहबीच गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटाले समुद्घाटन गरेको उक्त पाँच दिवसीय सम्मेलनमा ब्राजिल, केन्या, मेक्सिको, जापान, फ्रान्स, नेपाल, पपुवान्यूगिनी, भारत, भियतनाम र स्वीट्जरल्याण्ड लगायत ५१ वटा मुलुकहरुका प्रतिनिधि र चीन, जमैका र लाओस लगायत मुलुकहरुका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । 

 

सम्मेलनको उद्घाटन गर्दैै केन्याका राष्ट्रपति उहुरु केन्याटाले केन्याको अर्थतन्त्रको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको कफीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नैरोवीमा आयोजना गर्ने अवसरलाई गणतन्त्र केन्याको सरकारले हर्ष र गौरवका रुपमा लिएको बताए । 

 

कृषि, पूर्वाधार निर्माण, यातायात र व्यापारको विकासमा केन्या सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रपति केन्याटाले सन् १८८९ देखि आरभ्म भएको केन्याको कफी खेतीलाई उद्योग र व्यापारको एक महत्वपूर्ण अङ्गका रुपमा विकास गर्न आफ्नो सरकार प्रतिवद्ध रहेको जनाए । 

 

समुद्घाटन समारोहलाई सम्बोधन गर्दैै केन्याका कृषि तथा सिंचाइमन्त्री म्वाङ्गी किउन्जुरीले केन्याको अर्थतन्त्रमा कफीको महत्वपूर्ण योगदान रहेको र ग्रामीण कृषकहरुको उत्थानमा कफी खेती उत्कृष्ट पेशाको रुपमा रहेको उल्लेख गरे । 

 

विभिन्न मुलुकहरुका प्रतिनिधिहरुलाई स्वागत गर्दैै नैरोवीका गभर्नर माइक म्बुभीले नैरोवीमा आयोजना भएको अन्तर्राष्ट्रिय कफी सम्मेलनले केन्यामा मात्र नभई समग्र अफ्रिका महादेशको कफी खेती, उद्योग र कफी बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

 

  

त्यसअवसरमा अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेले केन्या अन्तर्राष्ट्रिय कफी संगठनको संस्थापक राष्ट्र रहेको र केन्याले अन्तर्राष्ट्रिय कफी परिषदको सन् १९८५- ८६ तथा १९९३ -९४  गरी दुई पटक अध्यक्षता गरिसकेको बताए ।  गत सेप्टेम्वर २०१८ मा लण्डनमा सम्पन्न १२३औं सम्मेलनमा कफीको निरन्तर घट्दो मूल्यप्रति प्रतिनिधिहरुको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक डा. सेट्टेले वर्तमान सम्मेलनले कफी उत्पादक र आयातकर्ता मुलुकहरुसहित सम्वद्ध सरोकारवालाहरुको सौहार्द सम्वादद्धारा कफी उद्योग र व्यापारको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

 

सम्मेलनको पूर्ण वैठकलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि डा. दुर्गा बहादुर सुवेदीले कफी खेतीको इतिहास मात्र नभई अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालको संलग्नता अपेक्षाकृत नयाँ रहेको बताए । राजदूत डा सुवेदीले सन् २०१७ कोे मार्चमा पूर्ण सदस्यता प्राप्त गरेको नेपालले दुई वर्षमा अन्तर्राष्ट्रिय कफी संगठनको नेतृत्व तहमा पुग्नु महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । 

 

नेपाल सरकारले कफी खेती र उद्योगको विकासका लागि राष्ट्रिय कफी नीति कार्यान्वयन गरिरहेको बताउँदै उनले नेपालको कफी उत्पादन सानो आकारमा भए पनि नेपालमा उत्पादित अर्गानिक अरेविका कफी विश्वमै हिमालय कफीका रुपमा प्रसिद्ध रहेको जनाए ।  नेपाल सरकार साना कफी किसानहरुलाई सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दैै डा. सुवेदीले नेपाल कफी खेतीको विकास र बजार प्रबर्द्धनका  चुनौतीहरुसँग जुध्न अन्तर्राष्ट्रिय कफी संगठन र कफी उत्पादक र आयातकर्ता मुलुकहरुसँग सहकार्य गरेर अघि बढ्न प्रयत्नशील रहेको बताए । 

 

 

 

सम्मेलनको तेस्रो सत्रको अध्यक्षता गर्दै महामहिम डा. सुवेदीले  नेपालले अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको दुई वर्षमै आफूलाई संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित गरेकोमा सम्पूर्ण सदस्य राष्ट्रहरुलाई नेपाल सरकारका तर्फवाट हार्दिक आभार व्यक्त गरे ।  नेपाल लगायत कफी उत्पादक र निर्यातकर्ता मुलुकहरुमा अवसर र चुनौती दुवै रहेको विचार राजदूत डा. सुवेदीले राखे । कफीको बजार मूल्यको निरन्तर अवरोहप्रति कफीसम्वद्ध सम्पूर्ण सरोकारवाला हरुको सकारात्मक सहयोग अपेक्षित रहेको तथा यो सम्मेलन कफी उत्पादन र कफी बजारको प्रवर्द्धनमा महत्वपूर्ण सावित हुने विश्वास उनको थियो । 

 

सम्मेलनमा राजदूत डा. सुवेदीले गणतन्त्र केन्याका राष्ट्रपति उहुरु केन्याटासँग शिष्टाचार भेट समेत गरे ।  त्यसअवसरमा डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र प्रधानमन्त्री के.पी. शर्मा ओलीका तर्फवाट केन्याका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्य एवं केन्याका मैत्रीपूर्ण जनताको शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना सन्देश व्यक्त गरे । 

 

डा. सुवेदीले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्राप्त न्यानो आतिथ्यता र सौहार्दताका लागि केन्या सरकारप्रति हार्दिक आभार प्रकट गरे । केन्याका राष्ट्रपति केन्याटाले नेपाल प्राकृतिक रुपले सुन्दर राष्ट्र रहेको बताउँदै हिमाली क्षेत्रमा उत्पादित कफीप्रति आफ्नो चाख रहेको सुनाए ।  

 

 

नेपाली प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय कफी परिषदका नवनिर्वाचित अध्यक्ष श्रीमती स्टेफानी क्यूङ्ग तथा अन्तर्राष्ट्रिय कफी संगठनका कार्यकारी निर्देशक डा. जोसे सेट्टेसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेको थियो । सो अवसरमा काठमाण्डौंमा आगामी अप्रिल १५ र १६ मा आयोजना हुने कफी लगानीसम्बन्धी सम्मेलनको निमन्त्रणा समेत प्रदान गरिएको थियो । नेपाली प्रतिनिधिमण्डल सम्मेलनको तेस्रो दिन सम्पन्न कफी उत्पादक र आयातकर्ता एसिएन राष्ट्रहरुको समूहको बैठकमा समेत सहभागी भएको थियो । 

 

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत डा.सुवेदीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम, बोर्डका निर्देशक दीपक खनाल, प्रशासकीय अधिकृत देउकुमार सिगु, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखा अधिकृत मोहोदत्त अधिकारी र नेपाली राजदूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरे रहेका थिए । 

 


थप समाचार

अडियो छानबिन गर्न माग सांसदको माग

  • 4 minutes ago
अडियो  छानबिन गर्न माग सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरे ।

चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

  • 14 minutes ago
चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

एजेन्सी । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

  • 14 minutes ago
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष ढकालले बागलुङ उद्योग



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।