IIMS College

ISMT

HUB Education

सुन प्रकरण छानबिन समितिलार्इ निर्देशन दिन मिल्दैन : अाइजिपी सर्वेन्द्र खनाल

  • बिहीबार, १४ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३३ किलो सुन प्रकरणको छानबिन गर्न गठित समितिलाई आफुले निर्देशन दिन नमिल्ने बताएका छन् ।

 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिदैँ आफु जिम्मेवारीबाट पछि नहटेको उनले बताए ।

 

‘अनुसन्धानको विषयमा चासो नभएको होइन’, महानिरीक्षक खनालले भने, ‘तर त्यसको मतलब पनि छैन । यो सरकारले गठन गरेको कमिटी हो। यसलाई अनुसन्धान गर या नगर भन्ने अधिकार मसित छैन ।’

 

आफु सधैँ राम्रो काम गर्ने अफिसरको पक्षमा रहने बताउँदै महानिरीक्षक खनालले पक्राउ परेका प्रहरीको विषय आफ्नो क्षेत्राधिकार बाहिरको बताए । 

 

‘राम्रो काम गर्ने अफिसरको पक्षमा स्ट्यान्ड लिने म नै हो’, उनले भने, ‘तर सबै राम्रो काम गर्ने अफिसरले सधैं राम्रो काम गर्छ भन्न सकिन्न । तर जिम्मेवारीबाट चाहिँ म हटेको होइन।’

 

उनले आफूले नेतृत्व सम्हाल्नुअघि नै सरकारले समिति गरिसकेको बताउँदै समितिमा विज्ञहरु रहेको बताए। त्यो समूहलाई आफूले निर्देशन दिन नमिल्ने उनले प्रस्ट पारे ।

 

३३ केजी सुन प्रकरणको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको संयोजकतत्वमा अनुसन्धान समिति गठन गरेपछि प्रहरी प्रमुखको भूमिकामाथि प्रश्न खडा भएको थियो ।


थप समाचार

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

  • 2 minutes ago
घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार

माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

  • 7 minutes ago
माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग

रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

  • 7 minutes ago
रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

काठमाडौँ । रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका– ३ मा अज्ञात समूहले आइतबार दिउँसो गोली चलाउँदा ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको छ । लु



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।