निजी स्कुलमा छोराछोरी पढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

  • शनिबार, १२ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल

इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ ।

 

कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब भत्ताको तीन प्रतिशत रकम कटौती गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।

 

गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवा सुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने जनाएको छ ।

 

कटौती गरिएको रकम गाउँपालिकाको कोषमा जम्मा गरिने अध्यक्ष जितबहादुर राईले बताए ।उनका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

 

सरकारी स्कुल पढाउने शिक्षकले सरकारी रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कामबाट निजी विद्यालयलाई बढी विश्वास गरिएको देखिएकाले यो नियम लागू गरिएको राईको भनाई छ ।


थप समाचार

डर्टमन्डको बसमा आक्रमण गर्नेलाई जन्मकैद !

  • 6 minutes ago
डर्टमन्डको बसमा आक्रमण गर्नेलाई  जन्मकैद !

फ्राङ्कफर्ट । सरकारी वकीलहरूले एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार सुझाब दिएका छन् ।

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

  • 11 minutes ago
वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

  • 11 minutes ago
प्रथम प्रकाश स्मृति कपमा काभ्रे र दोलखा विजयी

चरिकोट । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा सोमबार भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको प



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

वातावरणीय प्रभाव मूल्याङकन नगरी उद्योग सञ्चालन गरेको स्थानीयको आरोप

काठमाडौं । सुनसरी जिल्लामा सञ्चालन गरिएको प्रिमियर स्टिल प्रालिको वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर