IIMS College

ISMT

HUB Education

पश्चिमी लिबियाबाट ३९ अवैध आप्रवासी पक्राउ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

त्रिपोली । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् ।

 

उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।

 

उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि  नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

 

प्रहरीले बिहीबारै प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरु बङ्गलादेशका रहेका पनि खुलेको छ । उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ । यही मार्ग भएर दशौँ हजार व्यक्ति हरेक वर्ष शरणार्थीका रुपमा युरोप छिर्ने प्रयास गरिरहेका हुन्छन् । 

 

त्यसै क्रममा उनीहरु लिबियिाको उक्त पश्चिमी क्षेत्रका साथै अन्य शहरहरुबाट पनि पक्राउ पर्ने गरेका छन् । 

तर पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले विगत लामो समयदेखि नै यात्राका लागि लिबियाको बाटो सुरक्षित नभएको बताउँदै आएको छ । 

 

उक्त देश सन् २०११ देखि नै असुरक्षित हुदै आएको बताइएको छ । जसका कारण सो देशबाट दशौँ हजार जना विदेशी नागरिक पक्राउ परेका छन् ।

 

सन् २०११ मा भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा यहाँका नेता कर्णेल माउमर गद्दाफी मारिएपछि लिबियाको सुरक्षा व्यवस्था अत्यन्त कमजोर भएको छ । 


थप समाचार

अष्ट्रेलियाका जनताले भनेः प्रधानमन्त्री तिमीलाई लाज लाग्नुपर्ने

  • 12 minutes ago
अष्ट्रेलियाका जनताले भनेः प्रधानमन्त्री तिमीलाई लाज लाग्नुपर्ने

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण झण्डै १ अर्व जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका थिए ।

प्रियंका र निकले गरे यस्तो हर्कत, भिडियो भयो भाइरल (भिडियोसहित)

  • 13 minutes ago
प्रियंका र निकले गरे यस्तो हर्कत, भिडियो भयो भाइरल (भिडियोसहित)

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले सामाजिक सञ्जालमा चर्चामा आएकी छन् । तपाईलाई थाहा नै होला कि प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी पप स्टार निक जोनाससँग बिहे गरेकी छिन् ।

जब यी आतंकवादीलाई उठाउन मिनी ट्रक नै बोलाउनु पर्यो

  • 34 minutes ago
जब यी आतंकवादीलाई उठाउन मिनी ट्रक नै बोलाउनु पर्यो

एजेन्सी । इराकको मोसुलमा रहेका एक आईएसआईएसका गुप्तचरलाई पक्राउ गर्न सफल भए पनि निकै कठिनाईका साथ उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य, माघ ०५ गते

वि.सं.२०७६ साल माघ ०५ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी १९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष ।काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट ।