IIMS College

ISMT

HUB Education

ग्रीसका आप्रवासी शरणार्थीको माग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । ग्रीसमा रहेको एक आप्रवासी शरणार्थीको शिविरमा अत्यधिक भीड भएको भन्दै उनीहरुले राम्रो बासस्थान र खानाको माग गरेका छन् । 

 

व्यवस्थापनको लागि माग गर्दै ग्रीसको सामोस टापुमा रहेका शरणार्थीहरुले माग गरेका समाचार संस्था एएनएले जनाएको छ ।

 

ग्रीसमा विशेषगरी अफ्रिकाबाट शरणार्थीका रूपमा युरोप पुगेका नागरिकहरु शिविरमा बस्दै आएका छन् । ती आप्रवासीहरूले आफूहरुलाई खान र बस्नका लागि राम्रो व्यवस्थाको माग गरेका छन् । 

 

सामोसमा ग्रीस भएर युरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएको बताइएको छ । ग्रीसमा विभिन्न युरोपेली देशका नागरिकहरु टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् । 

 

सामोस शिविरमा क्षमताभन्दा बढी शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै आएका छन् । उनीहरुले केही समयअघि त्यहाँको सरकारका विरुद्धमा आन्दोलन पनि गरेका थिए । 

 

ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरेर उनीहरुलाई राख्न निर्देशन दिएको थियो । 

 

तर पनि सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।

 

नगर प्रमुखका अनुसार शरणार्थीले त्यहाँको भूमि ओगटेकाले उक्त क्षेत्र छोड्नुपर्ने जानकारी दिनुभयो । शरणार्थीको एक समूहले यहाँ क्षति समेत पु¥याएकोले उनीहरुलाई  हटाउनुपर्ने बताएका छन् । 

 

युरोप छिर्न आप्रवासीहरूले सामोसलगायतका ग्रीसका नाकाहरू प्रयोग गर्ने गरेका छन् । राष्ट्रसङ्घ शरणार्थी नियोगले ग्रीसको बाटो युरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही वर्षमा कमी आएको भए पनि यस वर्ष समूद्रको बाटो भएर ५५ हजार र टर्की हुँदै जमीनको बाटोबाट १४ हजार शरणार्थी ग्रीस पुगेको तथ्याङ्क छ ।

 

अधिकारकर्मी एवम् त्यहाँ रहेका चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । त्यसैगरी सो शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण पनि गर्ने गरिएको आरोप पनि लागेको छ ।

 


थप समाचार

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 12 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 15 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 23 minutes ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।