ISMT

HUB Education

पुलवामाजस्ताे आक्रमण पुनः हुनसक्छ, युद्ध भड्किन सक्छ : इमरान खान

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू–कश्मीरलाई दिइएको विशेषाधिकार खारेज भएपश्चात पुलवामामा भएजस्तो आक्रमण पुनः हुनसक्ने आशंका प्रकट गरेको छ । यदी त्यस्तो भए भारत र पाकिस्तानबीच युद्ध भड्किन सक्ने उनले चिन्ता प्रकट गरे ।

 

पाकिस्तानी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘यो यस्तो युद्ध हुनेछ जहाँ कसैले जित्ने छैन र यसको असर पुरै विश्वमा पर्नेछ ।’

 

पाकिस्तानी संसदको संयुक्त बैठक जम्मू–कश्मीरको विशेषाधिकार सुनिश्चित गरिएको भारतीय संविधानको धारा ३७० खारेज गर्ने भारत सरकारको निर्णयबारे छलफल गर्न बोलाइएको थियो । भारत जम्मू–कश्मीरलाई आफ्नो अखण्ड हिस्सा ठान्छ जसमा पाकिस्तान नियन्त्रित कश्मीर पनि पर्दछ ।

 

प्रधानमन्त्री खानले परमाणु हतियारद्वारा सुसज्जित दुई देशबीचको तनावले युद्धको स्थिती निम्त्याउन सक्ने प्रष्ट पारे । भारत सरकारको पछिल्लो निर्णयको कश्मीरी जनताले विरोध गर्ने र भारत सरकारले उनीहरू कारबाही गर्ने प्रधानमन्त्री खानको चिन्ता थियो ।

 

‘यस दृष्टिकोणबाट हेर्दा फेरि एक पटक पुलवामाजस्तो आक्रमण हुनसक्छ । मैले आशंका प्रकट गरिसकेँ कि यस्तो हुन्छ । त्यसपछि उनीहरूले हामीमाथि हमला गर्नेछ । हामी त्यसको जवाफ दिनेछौँ’, प्रधानमन्त्री खानले भने ।

 

संसदमा बोल्दै प्रधानमन्त्री खानले भने, ‘त्यसपछि के हुन्छ ? युद्ध कस्ले जित्ला ? कसैले जित्दैन । सारा विश्वले यसको गम्भीर नतिजा भोग्नुपर्नेछ । परमाणु हतियारलाई लिएर ब्ल्याकमेल गर्ने कुरा होइन ।’

 

उनले अन्तर्राष्ट्रिय समुदायलाई कश्मीरको स्थितीलाई गम्भीरताका साथ लिन अनुरोध गरे । उनले विश्व राजनीतिका नेताहरूलाई यसबारे अवगत गराइने बताए । 

 

यस मुद्दालाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् सहित विश्वका प्रत्येक मञ्चमा लड्ने उनले प्रतिबद्धता व्यक्त गरेका छ । यो मुद्दालाई उनले अन्तर्राष्ट्रि न्यायिक अदालतमा लैजाने सोचिरहेको समेत बताए । 

 

याे पनि पढ्नुहाेस्ः

'कश्मीर एउटा तालामा बन्द छ, बाँकी भारतलाई मतलब छैन'

सन् १८४७ देखि २०१९ सम्ममा जम्मु कश्मीरमा के के भयो ?

भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? किन गरियाे खारेज ?


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।