प्रधानमन्त्री इमरान खानले पहिलोपटक गरे मन्त्रिपरिषदमा व्यापक फेरबदल

Education Park

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन्। प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका छन् ।

 

पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफमा प्रवेश गरेका फिर्दोस आशिक अवानलाई ल्याइएको छ ।

 

सन् २०१० देखि २०१३ सम्म पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट अर्थमन्त्री भएका डा अब्दुल हाफिज शेखलाई अर्थमन्त्रीको समकक्षको अर्थ सल्लाहकारमा नियुक्त गरिएको छ । यसअघिका अर्थ सल्लाहकार असद उमरले प्रधानमन्त्री खानको प्रस्तावप्रति विमति जनाउँदै राजीनामा गरेका छन् ।

 

यसैगरी, पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफका निकटवर्ती ब्रिगेडियर इजाज अहमद शाहलाई गृहमन्त्री बनाइएको छ । यसअघि उक्त मन्त्रालय प्रधानमन्त्री खानकै मातहतमा राखिएको थियो ।

 

गृहराज्य मन्त्री शेहरयार अफ्रिदीलाई प्रदेश तथा फ्रन्टियर मामिलासम्बन्धी राज्यमन्त्री बनाइएको छ । 

 

पेट्रोलियम मन्त्री गुलाम सरवार खानलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । खानले आफूलाई मन्त्रीबाट हटाइए पार्टी परित्याग गर्ने चेतावनी दिएको बताइएको थियो । 

 

पछिल्ला केही वर्षदेखि गम्भीर आर्थिक सङ्कट झेल्दै आएको पाकिस्तानले बेइजिङ र रियादबाट १० अर्ब डलर प्राप्त गरेपनि अपेक्षित आर्थिक स्थायित्व आउन सकेको छैन । पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्राकोषबाट ८ देखि १० अर्ब डलरको आर्थिक सहायताका लागि प्रयत्न गरिरहेको छ । 

 


थप समाचार

क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

  • 9 hours ago
क्लब वरियतामा म्यानचेस्टर सिटी पहिलो

एजेन्सी । फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको विश्व फुटबल वरियतामा इंलिस क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • 9 hours ago
चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपाल

ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

  • 10 hours ago
ऋतिकको ‘सुपर ३०’ ले कति कमायो ?

एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता शाहिद कपुर अभिनित चलचित्र ‘कबिर सिंह’ले बक्स अफिसमा राम्रो ब्यापार गर्यो । त्यस्तै गत शुक्रबारदेखि ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ हलमा लागिरहेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

यस्ता छन् हरियो खुर्सानी खानुका फाइदा

सामान्यतया खुर्सानी खानाको स्वाद बढाउनको लागी मात्र प्रयोग गरिन्छ यसबाट हुने फाइदाबारे खासै कसैले चासो दिने गरेको पाईदैन । हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ । यहाँ हामीले हरियो खुर्सानीका केही फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

विचित्र विश्व

भाग्य बलियो भएपछि...

भाग्य बलियो भएपछि...

१०. फ्रेन सेलक क्रोयसियाका संगित शिक्षक फ्रेन सेलकले मृत्युलाई ७पटक जित्न सफल भए । सबैभन्दा पहिले उनी रेल दुर्घटनामा बाँचे । त्यसपछि विमान दुर्घटनामा, बसले ठक्कर दिँदा र