खान सरकारले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नुपर्छ

इस्लामावाद, पाकिस्तान । पाकिस्तानमा सञ्चारमाध्यममाथि सरकारी निकायबाट कडा दवाव हुने गरेको बताउँदै पाकिस्तानको मानव अधिकार आयोगले इमरान खान नेतृत्वको नयाँ सरकारले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएको छ । 

 

आयोगले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताबारे गरेको अध्ययन प्रतिवेदनले पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण रहेको पाएको देखाएको छ । 

 

पाकिस्तानका ख्यातिप्राप्त तथा प्रखर मानवअधिकारवादी वक्ताहरुले इस्लामिक मुलुक पाकिस्तानमा सञ्चारमाध्यमको वर्तमान् अवस्थामाथि छलफल गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्न नवगठित इमरान खान सरकारलाई सुझाब दिएका हुन् । तर उनीहरूले अभिव्यक्ति स्वतन्त्रतामा जिम्मेवार शक्ति को रहेको भन्ने बिषयलाई सार्वजनिक रूपमा नबोलेको लाहोरबाट प्रकाशित हुने दैनिक पत्रिका ‘द नेशन’ले लेखेको छ । 

 

पाकिस्तानको कुनै पनि कानूनले पत्रपत्रिकाको वितरण वा कुनै समाचार च्यानललाई बन्द गर्ने व्यवस्था नगरेको तर पाकिस्तानी सञ्चारमाध्यमले चुनौति सामना गरिरहेका छन् सञ्चारकर्मीसँगको कुराकानीमा अधिकारकर्मी आइए रेहमानले बताए । 

 

सञ्चारमाध्यमहरू उच्चस्तरबाट आउने ‘प्रेस सल्लाह’मा नियन्त्रित रहेका छन् जसका कारण सञ्चारकर्मीहरू समुदायमा विभाजित बनेकाप्रति उनले दुःख व्यक्त गरे । 

 

“डर सबै ठाउँमा छ कसैले बोल्न चाहँदैन,” उनले द नेशनसँग भने । 

 

आवामी नेशनल पार्टी (एएन्पी) का नेता तथा मानवअधिकार कर्मी अफ्रासैयब खत्तकले सञ्चारमाध्यमले विगत चार वर्ष यता ‘कु’ को अवस्थाबाट गुज्रिनु परेको छ । 

 

आयोगको प्रतिवेदनले सबैलाई आँखा खोल्न अभिप्रेरित गरेको छ । सबै राजनीतिक दल र समुदायहरूले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोल्ने बेला भएको छ, खत्तकले भने । 

 

आयोगका अध्यक्ष मेहदी हसनले विद्युतीय माध्यम, छापामाध्यम तथा सामाजीक सञ्जाललाई नियन्त्रण गर्न नयाँ उपायहरूको अवलम्बन गर्ने गरेको बताए । उनले थपे, प्रेस स्वतन्त्रताविनाको प्रजातन्त्र खोक्रो बन्छ । 

 


थप समाचार

कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

  • 1 week ago
कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।

बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

  • 1 week ago
बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

  • 1 week ago
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

एचआईभी भएको कसरी थाहा पाउने ?

एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ ।