'तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि'

इस्लामावाद, पाकिस्तान । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् । 

 

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ ।” 

 

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा सञ्चारमाध्यम विगत चारबर्ष यता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारले कम्तीमा तीन महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरेका छन् । 

 

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहोराउँदै भने, “देशमा नत राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ ।” 

 

आफ्नो सरकारले काम शुरु गरेपछि गरेका कामबाट राज्यले कस्तो भिन्नताको महशुस पाउने हो यसलाई देखिने गरी काम हुने क्रिकेट खेलाडीबाट राजनीतिमा आएका नेता खानले विशेष जोड दिँदै बताएको पाकिस्तानी दैनिक द डनले शनिबारको अङ्कमा उल्लेख गरेको छ । 

 

मन्त्रीका पद स्थायी नहुने र कामका आधारमा परिवर्तन गरिने खानले बताए । 

 

उक्त अवसरमा प्रधानमन्त्री खानले सामाजिक सेवामा सुधार, कृषिमा परिवर्तन ल्याउने प्रतिवद्धता समेत जनाएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । 

 

उनले भारतसहितका छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागि आफु प्रतिवद्ध रहने पनि बताएका छन् । 

 

बानी गाला निवासबाट अफिस जाँदा हेलीकोप्टरको प्रयोग गरेको भन्ने प्रश्नको उत्तरमा आफुले जनताको असुविधालाई मध्यनजर राख्ने गरेको बताए । 

 

पैँसठ्ठी बर्षीय नेताले एक सय दिनको योजना सार्वजनिक गरिसकेका छन् । जसमा सरकारी निकायलाई मजबुत बनाउने, पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवन दिने र पाकिस्तानलाई एक समृद्ध राज्य बनाउनेजस्ता कार्यक्रम रहेका छन् । 


थप समाचार

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

  • 25 seconds ago
यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडैं । यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।

लहानको ब्यस्त चोकबाट डाक्टर अपहरित

  • 3 minutes ago
लहानको ब्यस्त चोकबाट डाक्टर अपहरित

लहान । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्र

निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

  • 9 minutes ago
निर्मला हत्या प्रकरणमा यी १७ जनालाई निगारीमा राखेर अनुसन्धान

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।