स्थानीय निकायलाई शक्तिशाली बनाउने

इस्लामावाद । राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताएका छन् । 

 

स्थानीय शासन पद्धतिलाई मजबुत पार्ने बिषयमा केन्द्रित छलफलमा स्थानीय निकायलाई शक्तिशाली बनाउने प्रणाली शासनको उत्कृष्ट रूप भएको प्रधानमन्त्री खानले बताएका छन् । 

 

प्रधानमन्त्री खानलाई उद्धृत गर्दै पाकिस्तान रेडियोले भनेको छ, “नागरिकले आफ्नो विकास र अधिकारका लागि आफै निर्णय लिन पाउनुपर्छ अर्थात् जनताको प्रत्यक्ष सहभागितामा हुने काम जनमुखी हुनसक्छन् । अन्यथा पाकिस्तानमा स्थानीय निकायलाई बलियो बनाउन सकिँदैन ।” 

 

क्रिकेटबाट पाकिस्तानलाई विश्वसामु चिनाउन सफल भएका पाकिस्तानी प्रधानमन्त्रीले स्थानीय सत्तालाई सक्रिय गराइने बताए । उनले पाकिस्तान तेहरिक–ए–इन्साफ -पीटीआई- को प्रभाब क्षेत्र खाइबर पाकतुङ्ख्वा प्रान्तको उदाहरण दिँदै भने, पाकतुङ्ख्वा प्रान्तमा स्थानीय निकायलाई दिइएको अधिकारले उक्त राज्यलाई समृद्धितर्फ डोराएको छ । 

 

खानले एक हप्ताभित्र नयाँ स्थानीय शासन प्रणालीबारे प्रस्ताव तयार गर्न एक समितिको घोषणा गरेका छन् । समितिले दिने सुझाबलाई आवश्यक छलफल र परिमार्जनसहित प्रान्तीय सभामा लगिने बताइएको छ । उक्त सुझाबलाई कानूनी स्वरूप दिनका लागि एक महिनाभित्र अघि बढाइने छलफलमा प्रधानमन्त्रीले बताएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । 

 

यस बर्षको जुलाई २५ गते सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्रीको दल पीटीआईले शक्तिको विकेन्द्रीकरणलाई चुनाबी नारा बनाएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले राज्यमा शक्तिको केन्द्रीकरणको यस पहिले भएको अभ्यासले सरकारी शासनबारे जनताको आकाङ्क्षालाई सम्बोधन गर्न नसकेको बताए । 


थप समाचार

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 8 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  • 14 minutes ago
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।

उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

  • 20 minutes ago
उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।