ईनासको सातौं युरोप क्षेत्रीय कार्यक्रमको तिव्र तयारी

  • बिहीबार, २६ पुष, २०७५
  • 2 months ago
  • युके

 

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को सातौं युरोप महादेशस्तरीय कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाइएको छ । 

 

आउंदो ३० र ३१ मार्चका दिन बेल्जियममा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता सहित हुने इनासको सातौंं युरोपियन सम्मेलन आयोजना हुंदैछ ।

 

उक्त सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न युरोप क्षेत्रीय समिति र राष्ट्रिय समिति बेल्जियमले ५  र ६ जनवरीका दिन प्रारम्भिक तयारी बैठक सम्पन्न गरेका छन्। 

 

बैठकमा ग्लोबल पदाधिकारीहरु, युरोप क्षेत्रीय संयोजक, सहसंयोजक सहित राष्ट्रिय समिति बेल्जीयम, बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन, नेदरल्याण्ड, पोल्याण्ड लगायतका  युरोप क्षेत्रका देशबाट  इनासका पदाधिकारीहरुले  सहभागिता जनाएका थिए । बैठकमा बेलायतबाट  इनासका ग्लोबल महासचिव मनिषकसमार श्रेष्ठ र इनास यूकेका विनोद चिपालुले भाग लिएका थिए ।

 

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने सम्बन्धमा बैठकमा छलफल भएको जानकारी आयोजक राष्ट्र बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठले दिए । इनास युरोप संयोजक अर्जुन काफ्ले र सहसंयोजक रविन्द्र खड्काको सयोजकत्वमा  प्रारम्भिक बैठक सम्पन्न भएको थियो ।

 

बैठकमा इनास युरोपले उक्त कार्यक्रममा हुने  सहभागिता,  सहयोग र पारस्परिक सहकार्यका बारेमा  बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापा,  गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसीसी सदस्यद्वय सरु चापागाई र पदम गुरुङ,  एनआरएनए केन्द्रिय सचिव जानकी गुरुङ, नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव मदन दवाडी, निवर्तमान अध्यक्ष सिपि भट्ट लगायतका पदाधिकारीहरुसंग  समेत छलफल गरेको र उक्त छलफल निकै  सकारात्मक  रहेको कार्यक्रम संयोजक अर्जुन काफ्लेले बताएका छन्। 

 

इनासले हरेक वर्ष आयोजना गर्ने महादेशस्तरको कार्यक्रमलाई नेपालीहरुको ठुलो सांस्कृतिक पर्वको रुपमा मनाउने गर्छ ।  गत वर्ष बेलायतमा सम्पन्न छैठौ युरोप सम्मेलनको बेला इनास युरोपको सातौं  सम्मेलन बेल्जियममा गर्ने र आठौं सम्मेलन पोल्याण्डमा आयोजना गर्ने गरि ग्लोबल समितिले अनुमति प्रदान गरे अनुसार यसपटकको सम्मेलन बेल्जियममा हुन लागेको हो ।

 

 


थप समाचार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 14 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।

भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

  • 19 minutes ago
भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

  • 21 minutes ago
प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

नेपालीहरुको किड्नी बिग्रिने प्रमुख कारणहरु

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।