भारतीय र चिनियाँ कम्पनी बदमास, तर बोक्दैछ सरकार

काठमाडौं । भारतीय र चिनियाँ कम्पनी नेपालको प्राकृतिक स्रोत तथा साधन कब्जा गरेर आफ्नो स्वार्थ पूरा गर्न केन्द्रित छन् भन्ने कुरा पछिल्ला दुई घटनाक्रमले पुष्टि गरेको छ । तर सरकार ती कम्पनीलाई नै बोकिरहने मनस्थितिमा रहेको देखिएको छ । पटक पटक म्याद थप गर्ने र काम नगर्ने प्रवृत्ति भारतीय र चिनियाँ कम्पनीले देखाएका छन् । सरकार बदलिन्छ, मन्त्री फेरिन्छन् तर आयोजना जिम्मा लिएका कुनै पनि कम्पनीले काम गर्दैनन् । भएको यस्तै छ, जुन नहोस् भनेर कामना गरिएको थियो । 

 

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको गत वर्ष थपिएको म्याद समाप्त भएको छ । गत मंगलबार अर्थात असोज २ गतेसम्मका लाथि थप गरिएको म्याद पूरा भएपनि भारतीय कम्पनी जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकको छैन । भने आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । तर सो विषयमा कुनै पनि छलफल नभएको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । लगानी बोर्डको बैठकमा सो विषयमा सामान्य चर्चा भएको भएपनि कुनै निर्णय नभएको उनको भनाइ छ ।

 

गत वर्ष हामीले थप गरेको म्याद मंगलबार सकिएको हो, तर सो विषयमा कुनै छलफल भएन । उनीहरुले दिएको जवाफ तथा त्यसको चित्तबुझ्दो कारण भए मात्रै उचित निर्णय हुन सक्छ, अन्यथा सो विषयमा पनि सरकारले आवश्यक निर्णय गर्ला । भारतीय कम्पनी जिएमआरले वित्तीय व्यवस्थापन गर्न नस्क्दा आयोजना निर्माण हुन सकेको छैन । 

 

जिएमआरले बंगलादेशलाई ५०० मेगावाट विद्युत् बेच्ने विषयमा अन्तिम सहमति हुन लागेको दावी गर्दै बोर्डमा पत्र पठाएको छ । यसले म्याद थप गरे गर नगरे हामी पनि देखाइदिन्छौ भन्दै धम्की समेत दिएको बताइन्छ ।  पछिल्लो पटक सरकारले जिएमआरको म्याद २ पटक थपिसकेको छ । यसपटक पनि म्याद थप भयो भने त्यो तेस्रो पटक हुनेछ । जिएमआरले पछिल्लो ४ वर्षमा आयोजनाको पक्षमा कुनै पनि काम गरेको छैन ।

 

म्याद सकिन थालेपछि आयोजनाको प्रवद्र्धकले लगानी बोर्ड, प्रधानमन्त्री तथा केही प्रभावशाली मन्त्रीहरु तथा कर्मचारीसँग भेटवार्ता गरी पुनः म्याद थप गरिदिन लविङ सुरु गरेको छ । विगतमा वन क्षेत्रको जग्गा प्रयोगका कारण काम गर्न नसकिएको बताउने जिएमआरले पछिल्लो १ वर्षमा सो बाहाना पनि देखाउन सकेको छैन । किनकि सरकारले वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा स्पष्ट निर्णय गरिदिएको छ ।

 

स्थानीयबासीको जग्गा खरिदका लागि समेत सहजीकरण गरिदिएको छ । आयोजनाका लागि भन्दै अछामको मालपोत र जिल्ला नापी कार्यालयले पनि काम सकिदिएको छ । तर प्रवद्र्धक कानमा तेल हालेर काठमाडौँका तारे हाटेलहरुमा आयोजना हुने कार्यक्रममा सहभागी भएर मात्रै बसिरहेको छ । आयोजनाको लागत समेत पछिल्लो समयमा बढ्न गएको छ । सुरुमा १ खर्ब १४ अर्ब लागत रहने भनिएको आयोजनाको लागत हाल १ खर्ब ४० अर्ब पुगेको जिएमआरले बताउने गरेको छ ।

 

कूल ९०० मेगावाट क्षमताको आयोजना निर्माण सुरु भएको भए यतिखेर सम्पन्न हुने चरणमा पुग्ने थियो । बोर्ड बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बैठकमा जिएमआरको म्यादलाई आग्रह गरिएको र उनको समय माग गरिएको स्रोतको दाबी छ । सम्भवतः जिएमआरको पुनः म्याद थपिनेछ । तर थपिएको समयमा समेत उसले काम सुरु गर्ने कुनै ग्यारेन्टी छैन ।

 

नेपालमा चिनियाँ प्रवद्र्धक र ठेकेदार बदनाम भए भने जस्तै भारतीय कम्पनी, ठेकेदार  र प्रवद्र्धक समेत बदनाम भएका छन् । आयोजना हडप्ने र काम नगर्ने प्रवृत्ति भारतीयमा समेत बढेको छ । त्यसैको खास उदाहरण हो जिएमआर । सरकारले वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकासमा केन्द्रीत हुने भन्दै विश्वव्यापी बोलपत्रबाट भारतीय कम्पनी जिएमआरलाई सो आयोजना जिम्मा दिएको थियो ।

 

अर्को भारतीय कम्पनी सतजल विद्युत निगमले अरुण तेस्रोको काम धमाधम  गरिरहेको भएपनि जिएमआर भने आयोजना लड्काउने, निहुँ खोज्ने र क्षतिपूर्ति दावी गरेर बसीरहने अवस्थामा पुगेको सहजै अनुमान लगाउन सकिन्छ । पश्चिम सेती जलविद्युत आयोजनामा चिनियाँ कम्पनी थ्री गर्जेजले त्यस्तै ग¥यो । ६ वर्षसम्म आयोजना होल्ड गरेर पछिल्लो समय छाड्ने निष्कर्षमा थ्री गर्जेज पुगेको छ । शर्तमाथि शर्त राखेर अन्ततः चिनियाँ कम्पनी भाग्ने मनस्थितिमा पुगेको छ ।

 

भारतको हरियाणा राज्य र बंगलादेशलाई विद्युत बेच्ने भन्दै उसले गफ पनि राम्रै गर्ने गरेको छ । यद्यपी बंगलादेश सरकारले सोही आयोजनाको ५०० मेगावाट विद्युत् खरिद गर्ने तयारी भने गरेको छ । औपचारिक निर्णयमा भने कुनै हस्ताक्षर हुन सकेको छैन । हरियाणा सरकारसँग वार्ता भइरहेको बताइएपनि हालसम्म निष्कर्ष निस्केको छैन ।

 

आयोजनामा कर्णाली प्रदेशका जनता, आम नेपाली, नेपाली बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने र अपुग हुने रकम कुनै विदेशी दातृ संस्थाबाट सहुलियत दरमा ऋण लिएर निर्माण गर्न सकिने अवस्था रहेको छ ।

 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 30 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 32 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 43 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।