भारत–चीन सम्बन्धमा दरार ल्याउने १५ कारणहरु

भारत–चीन सम्बन्ध बिग्रिनुमा डोकलाम बाहेक अन्य धेरै विवादहरु रहेका छन् । यसबाहेक यी १५ कारण भारत चीनबीच तनाब चलिरहेको छ । 

 

१. दुई देशबीच सीमा निर्धारण रहेको छैन । 

भारत र चीनबीच लगभग ४ हजार किलोमिटर लामो सिमा रहेको छ । तर यो पुर्ण रुपमा निर्धारित भने छैन । यसको कारण हो १९१४ मा म्याकमोहनले जुन सीमा निर्धारण गरेका थिए त्यो चीन सरकारलाई मान्य छैन ।

 

यसकारण चीन–भारतबीच बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । यस अवस्थामा चीन तथा भारतका सेनाहरुले जहासम्म जमिन कब्जा गरेका छन् त्यहाँ सम्मलाई अस्थायी रुपमा वास्तविक रेखा मानिएको छ । 

 

२. भारत–अमेरिका र जापनको सहयोग चीनलाई मन नपर्नु 

भारत अमेरिका र जापानको नजिकिएको सम्बन्धले चीन सुरक्षाका दृष्टिकोणले असहज महसुस गरेको विज्ञहरु बताउँछन् । हिन्द महासागरमा भारत र अमेरिकाको सक्रियताले चीन रुष्ट रहेको छ । चीनले पनि आफ्नो तरिकाले विश्वलाई शक्ति प्रदर्शन गर्दै आइरहेको छ । 

 

३. हिन्द महासागरमा चीनको बढ्दो गतिबिधि

हिन्द महासागरमा चीनको बढ्दो गतिबिधिले भारत–चीन सम्बन्धमा तनाव भएको भारतीय पक्षको दाबी रहेको छ । 

 

४. संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको चीनले गर्दै आइरहेको विरोध 

संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको विरोध चीनले गरेको भारतीय पक्षको दाबी छ । सन् १९५३ मा भारतले सदस्यता पेश गरेको थियो । 

 

५. मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादी घोषित हुनुमा चीनको विरोध

संयुक्त राष्ट्रमा आफ्नो भिटो पावरको प्रयोग गर्दै चीनले पाकिस्तानमा लुकेका भारतको मोस्ट वान्टेड आतंकवादी जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरको बचाउ गरेको थियो । उसलाई अन्तराष्ट्रिय आतंकवादी घोषित गर्नुमा चीनले अड्चन पैदा गरेको थियो । 

 

६. भारतको सबैभन्दा ठुलो भुभागमा कब्जा

सन् १९६२ को युद्धका दौरान भारतको सबैभन्दा ठुलो भुभाग कब्जा गरेपछि चिनियाँ सेनाले भारतको विभिन्न ठाउँहरुमा कब्जा गर्न खाजेको भारतको आरोप छ । 

 

७. अरुणाचल प्रदेशमा चीनको दाबी र स्ट्यापल भीजा

चीनले अरुणाचल प्रदेश आफ्नो भएको दाबी गर्दै आइरहेको भारतीय पक्षको आरोप रहेको छ । अरुणाचलको विवादित क्षेत्रको प्रचार गर्नका लागि चीनले त्यहाँ बस्दै आइरहेका निबासीहरुलाई स्ट्यापल भिजा दिने गरेको छ । यसको विरोध भारतले गर्दै आइरहेको छ । 

 

८. चीन पाकिस्तान इकोनोमिक कोरिडोर

चीनद्वारा खाडी देशहरुमा आफ्नो सामान पुर्याउनका लागि चीन पाकिस्तान इकोनोमिक कोरिडोर बनाइदैछ । यो बाटो गिलगित–बाल्टिस्तान र पाक अधिकृत काश्मिर भएर जान्छ । 

 

९. तिब्बती नेताहरुलाई आश्रय

भारत–चीन सम्बन्धमा तनाब आउनुको प्रमुख कारण एउटा तिब्बत पनि हो । चीनले तिब्बतलाई आफ्नो अधिनमा बनाएपछि तिब्ब्तीका धर्मगुरु दलाइ लामा भारतको शरणमा गएका थिए । अन्य तिब्बती नेताहरुलाई आश्रय दिएका कारण पनि चीन–भारत सम्बन्धमा तिक्तता पैदा भएको हो । 

 

१०. ब्रम्हपुत्र नदीमा चीनले बाँध बाँध्ने निर्णय लिएपछि

चीनले ब्रम्हपुत्र नदीमा धेरै ठाउँमा बाँध बाँध्ने कार्यमा रहेको छ । उक्त नदीको पानी चीन उत्तरी भागमा लैजान चाहन्छ । भविष्यमा यो विवादले ठुलो तनाव उत्पन्न गराउने आशंका लिएको छ ।  यस विषयमा बेलाबेलामा दुई देशमा तनावको अवस्था आउने विज्ञहरु बताउँछन् । 

 

११. चीनले चिन क्षेत्रमा सडक बनाउनु

लद्धाखमा सडक निर्माण गरेर चीनले एउटा बखेडा खडा गरेको भारतको आरोप छ । चीनले निर्माण गर्ने योजनालाई लिएर भारतको विरोध हुनुले पनि यी दुई देशको सम्बन्ध चिसिदै गएको हो ।  सडक निर्माणलाई लिएर भारत र चीनबीच तनाब रहेको छ । सन् १९९३ र १९९६ मा लाइन अफ एक्चुअल कंट्रोलमा हस्ताक्षर भएको थियो । 

 

१२. जे एंड के. लाई भारतको अंग चीनले नमान्नु

चीन जम्मु काश्मिरलाई पनि भारतको अंग मान्दैन । यस विषयमा चीन मौन रहेको भारतीय पक्षको आरोप रहेको छ । चीन सरकारले यस क्षेत्रका मानिसहरुलाई पनि स्ट्यापल भिषा दिने प्रयास गरेको भारतले आरोप लगाएको थियो । 

 

१३. पिओके मा चीनको बढ्दो गतिबिधि

पाकिस्तान अधिकृत काश्मिरमा चीनको बढ्दो गतिबिधिले पनि भारत र चीनको सम्बन्धमा तनाव सिर्जना गरेको छ । 

 

१४. दलाई लामालाई आश्रय र सम्मान

चीन तिब्बती बौद्ध धर्मगुरु दलाइ लामालाई भारतले आश्रय दिदै आइरहेको छ । यसका कारण पनि भारतलाई चीन आफ्नो शत्रु मानिरहेको छ । भारतको आडमा दलाइ लामाले चीनविरुद्ध कदम चालिरहेको चीनको आरोप रहेको छ । 

 

१५. चीनको साउथ चाइना सीमा प्रभुत्वको कोशिस 

चीन साउथ चाइना इलाकमा आफ्नो प्रभुत्व जमाउन खोजेको भारतको आरोप रहेको छ । यहाँ अन्य देशहरुलाई पनि चुनौती मिलिरहेको छ । 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।