भारतमा ६६ वर्षीय क्यान्सर विरामीले कोभिडलाई जिते

एजेन्सी । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ ।

 

कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

उनी लखनउको केजिएमयु अस्पतालमा रहेका थिए । त्यहाँ एक हप्ताबसेपछि गरिएको पछिल्लो स्वास्थ्य जाँचमा रिपोर्ट नेगेटिभ आएको थियो ।लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती विरामीलाई कोभिड लागेको र निको भएको जानकारी दिए ।

 

उनले ती विरामी सन् २०१९ को मे देखि अगष्ट महिनासम्म क्यान्सरको उपचार गराएका थिए ।क्यान्सर, सुगर, उच्चरक्तचाप लगायतका विरामीलाई कोभिड निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती विरामी भने हप्ता दिनमा नै निको भएर फर्र्किएकाले कोभिडका विरुद्धको लडाईँमा थप आशा जागेको भाटले बताए ।

 

भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७३५ जना कोभिडका संक्रमित छन् । यहाँका ३ हजार २३८ जना निको भएर घर फर्र्किएका छन् । यस प्रदेशका १५२ जना संक्रमितको कोभिड १९ बाट ज्यान गएको बताइएको छ । भारतमा शनिबार बिहानसम्म १ लाख २५ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित रहेका बताइएको छ ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 7 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 7 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।