गृहपृष्ठ ∕ नेपाल ∕ स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युस्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु नेपालीपत्र शुक्रबार, २०८० भदौ २२ गते, १२:३४ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरवालिङ । माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ ।बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय तिलबहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नपा–१० बस्ने ३७ वर्षका दीपेन्द्र अधिकारी, पर्वतको पैँयु गाउँपालिका घर भई हाल वालिङ–६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुरको बेलौरी नगरपालिका–६ घर भई सोही ब्लक उद्योगमा काम गर्ने ६० वर्षीय बलदेव राना रहेका छन् ।प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटा नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा राखिएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौताकाठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामाकाठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेटकाठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट नयाँ दिल्लीमा आरजु देउवाको शल्यक्रियाकाठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन् । आरजुले भारतको नयाँ प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठककाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठकधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal