IIMS College

ISMT

HUB Education

भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त !

  • बिहीबार, २३ असोज, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नेपाल भारत सिमास्थित बेलहिया नाकामा यही असोज १९ गते भएको भारतीय पर्यटकमाथिको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेको छ । 

 

सङ्घका अध्यक्ष विकल तुलाचनद्वारा आज जारी विज्ञप्तिमा नेपाल प्रवेश गर्दै गरेका भारतीय पर्यटकमाथि नेपाली पक्षबाट दुव्र्यवहार भएको भनी विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

 

पशुपति दर्शनका लागि लखनउबाट आएका झण्डै एक दर्जन भारतीय पर्यटकले सीमामा आफ्नो सवारीसाधन पार्किङ गरेबापत दुई सय रुपैया तिरेको तर त्यसबापत नेपाली व्यवसायीसँग रसिद माग्दा उल्टो पर्यटकलाई दुव्र्यवहार गरिएको र प्रहरीचौकी छिर्दासमेत आक्रमण गरिएको भन्ने समाचार अहिले केही भारतीय प्रिन्ट र अनलाइन सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

 

भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँग सम्बन्धित पाहुनासमेत संलग्न पर्यटक समूहमाथि भएको घटना सम्बन्धमा सत्यतथ्य जाँचबुझ गरी दोषीलाई तत्काल कारवाही गर्न सङ्घले सरकारसँग माग गरेको छ ।

 

बीस लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यकासाथ घोषित नेपाल भ्रमण वर्ष २०२० शुरु हुन तीन महीना पनि बाँकी नहुँदा भारतीय पाहुनामाथि भएको यस्तो व्यवहारले पर्यटन र दुई पक्षीय सम्बन्धमा नै नकारात्मक असर पर्ने बताउँदै सङ्घले पाहुनामाथि हुने कुनै पनि दुव्र्यवहार मान्य नहुने बताएको छ ।

 

लखनउलगायत उत्तर भारतका थुप्रै शहरमा सङ्घले विगत १२ वर्ष अघिदेखि भारतीय पर्यटक नेपाल भित्र्याउन सञ्चालित चलिए पोखरा अभियानको सकारात्मक प्रभाव परिरहेको उल्लेख गर्दै सङ्घले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । भविष्यमा यस प्रकारका घटना नदोहो¥याउन सचेत रहनसमेत सङ्घले सम्बन्धित सबैसँग आग्रह गरेको छ । 


थप समाचार

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

  • 12 minutes ago
बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएर सूचना, सञ्चार तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ब

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

  • 16 minutes ago
काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

एजेन्सी । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प

  • 22 minutes ago
टर्कीमा भूकम्प

एजेन्सी । अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

कोरोना भाइरसः हङकङमा रहेको एउटा सुपर मार्केटबाट लुटेराहरले चोरे सबै ट्वाइलेट पेपर्स

एजेन्सीः कोरोना भाइरसका कारण हालसम्म झण्डै साढे २४ सयजना भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितहरुको संख्या ७८ हजारभन्दा बढी रहेका छन् । चीनभर यो भाइरस नियन्त्रणका लागि प्रयास जारी रहेको छ । वैज्ञानिकहरु यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन संघर्षरत रहेका छन् ।