सन् २००८ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात !

एजेन्सी । पाकिस्तानबाट प्रकाशित हुने एक उर्दु पत्रिकाले विश्वभर सनसनी मच्चाउने रहस्य बाहिर ल्याएको छ । उक्त पाकिस्तानी पत्रिकामा एक जर्मन लेखकको सनसनीपुर्ण दाबीलाई चर्चीत बनाइएको छ । सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बइ हमलामा स्वयमं भारतको नै हात रहेको उल्लेख गरिएको छ ।

 

नवा–ए–वक्त पत्रिकाले यस्तो सनसनीपुर्ण समाचार छापेको हो । जर्मनी लेखकले गरेको दाबी अनुसार सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बइ हमला पाकिस्तानमा सक्रिय रहेका चरमपन्थी संगठनले नगरेको तथा स्वयम भारतले इजरायल र अमेरिकाको सहयोगमा यस्तो बितण्डा मच्चाएको उल्लेख गरिएको छ । 

 

पत्रिकाका अनुसार, जर्मन लेखक एलिस डेबिडसनले आफ्नो नयाँ किताब,‘भारतको धोखाधडी, २६ नोभेम्बरको प्रमाणप्रति पुनर्विचार’ मा मुम्बइ हमलाको सबै प्रमाणहरुको गहन अध्यय गरेका थिए । 

 

जर्मन लेखक डेबिडसन विवादस्पद छवी भएको व्यक्ति हुन् । यस अगाडि पनि उनले सन् २०११ मा अमेरिकामा भएको आक्रमण अमेरिकाले नै गरेको बताएका थिए । 

 

पत्रिकामा भनिएको छ,‘किताबमा दाबी गर्दै नरीमन हाउसको मामिलामा इजरायल र भारतले झुटो बयान दिनेहरुको सुची बनाएको थियो ।’

 

किताबका अनुसार मुम्बइ हमलापछि भारत, अमेरिका तथा इजरायलका व्यापारीहरुले खुब फाइदा गरेका थिए । 

 

किताबले दाबी गर्दै भनेको छ,‘उक्त आक्रमणले हिन्दु चरमपन्थीहरु, राष्ट्रवादीहरु र सुरक्षा एजेन्सीलाई ठुलो फाइदा पुर्याएको थियो ।’

भारतमा अफवाह पनि उत्तिकै फैलाउने प्रयास गरिएको थियो । चरमपन्थीहरुबाट देशलाई खतरा रहेको किताबमा उल्लेख छ । 

 

यसको उदेश्य चरमपन्थीको विरुद्ध युद्ध लड्ने देशहरुसँग भारतको सम्बन्ध बनाउनु थियो । 

 

किताबमा भनिएको छ,‘१५ दिनसम्म नरीमन हाउसमा चरमपन्थीहरुलाई राखिएको थियो । उनीहरुलाई पुर्ण ट्रेनिङ दिने काम समेत गरिएको थियो ।’

 


थप समाचार

साहित्यको पहाड बोकेर हिंडेका पहारी

  • 4 hours ago
साहित्यको पहाड बोकेर हिंडेका पहारी

समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कविता संग्रह ’मान्छे हराएको देश’ र वहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

  • 4 hours ago
हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्

बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

  • 4 hours ago
बेलायती ब्राण्डहरु काठमाडौंमा पस्किंदै सुप्रिम फेसन हाउस

बेलायतमै बनेका एनपिएस, वाईयुएलएल, सिपाही एण्ड को लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता, ब्याग र बेल्ट सुप्रिम फेसन हाउसले उपलब्ध गराएको छ ।



जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।