भारतको तामिल नाडुमा मृत्यु हुनेको संख्या १३ पुग्यो

टुटिकोरिन, भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । 

 

वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

 

तमिल नाडु राज्यको टुटिकोरिन सिटीमा प्रदर्शन चर्किदै गएपछि स्थानीय प्रशासनले कफर््यु आदेश पनि जारी गरेको थियो । घटनाका बारेमा छानविन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । 

 

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । स्थानीय नागरिकले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । 

 

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धी समस्या आएको बताएका छन् । 

 

उनीहरूले अस्पताल भर्ना भै उपचार गराउनु पर्ने सम्मको प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने माग गरेका छन् । 

 

विगत तीन महिनादेखि जारी आन्दोलनमा विगत केही दिनदेखि जनसहभागीता एकाएक बढेर स्थिति असामान्य बनेको छ । 


थप समाचार

पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

  • 2 minutes ago
पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ठेक्का लिने तर काम सम्पन्न नगर्ने र कमसल काम गर्ने भनेर विवादित रहेको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय

बुकिङ खुलेपछि नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे

  • 10 minutes ago
बुकिङ खुलेपछि नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे

काठमाडौँ । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ ।

प्रदेश सरकारद्वारा एसिड पीडितलाई थप राहत घोषणा

  • 15 minutes ago
प्रदेश सरकारद्वारा एसिड पीडितलाई थप राहत घोषणा

जनकपुरधाम । प्रदेश नंं. २ को सरकारले एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई थप राहत दिने घोषणा गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।