भारतले पनि अमेरिकी सामानमा कर बढायो

Education Park

नयाँदिल्ली । भारतले २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ । अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको बदलामा उक्त कदम चालेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

 

भारतीय केन्द्रीय राजश्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखर समेतका सामानमा करवृद्धि गरिएको छ ।

 

भारत र अमेरिकाबीच पछिल्लो समय आपसी सम्बन्ध निकै प्रगाढ रहेको भनिए पनि दुबै देशले एकअर्का मुलुकका सामानमा करवृद्धि गरेका छन् । तैपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नभएको र भारतले कृषि लगायतका कतिपय क्षेत्रमा ठूलो मात्रामा अनुदान दिएर प्रतिस्पर्धी क्षमता कमजोर पारेको आरोप लगाउँदै आएका छन् ।

 

भारतले अमेरिकी सामानमा १२० प्रतिशतसम्म करवृद्धि गरेको छ । 

 

आगामी जुन २८–२९ मा जापानको ओशाकामा हुने २० औद्योगिक राष्ट्रहरुको सम्मेलनका क्रममा पनि करवृद्धिका विषयमा भारत र अमेरिकी नेताहरुबीच छलफल हुन सक्नेछ ।

 

सरकारी विवरण अनुसार भारतसँग अमेरिकी वस्तु तथा सेवाको व्यापार सन् २०१८ मा करिब एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । भारतसँग अमेरिकी व्यापार घाटा करिब २४ अर्ब अमेरिकी डलर छ ।


थप समाचार

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 3 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 18 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 25 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।