तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

नयाँ दिल्ली, भारत । भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि गरिसकेको छैन । यद्यपि स्थानीय मन्त्री डि जयाकूमारले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भन्नुभयो, घटनाबारे बिस्तृत विवरण आइसकेको छैन । सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ । 

घाइते सबैको उपचार खर्च पनि सरकारले व्यहोर्ने उनले बताए । 

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताउनु भयो । स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ । 

“स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुको कुनै विकल्प थिएन, मन्त्री जयकूमारले भने । 

विगत तीन महिनादेखि जारी आन्दोलन विगत केही दिन यता उग्र बनिरहेको थियो । 

राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गर्नुभयो । विपक्षी नेता एम के स्टालिनले सञ्चारकर्मीसँग भन्नुभयो, “जनचासोको बिषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ ।” 

स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच बर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धि समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै जनताको स्वास्थ्यलाई प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने स्टालिनले बताए । 

थप समाचार

एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 1 minute ago
एट्लेटिको मड्रिडले मोनाकोलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले फ्रान्सको क्लब मोनाकोलाई हराएको छ । मोनाकोको घरेलु मैदान लुईस दोस्रो रंगशालामा सम्पन्न खेलमा एट

बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

  • 11 minutes ago
बिम्स्टेक बैठक राष्ट्रको गौरवको विषयः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले मुलुक भित्रका समस्या र चुनौतीबीच देशमा बहुक्षेत्रीय प्राविधिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) शिखर सम्मेलन हुनु

तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

  • 17 minutes ago
तपाई हामीले खाना खाने भाँडाले के असर गर्छ ? जानिराखे राम्रो

हामीले खाना खाँदा जुन भाडावर्तनको प्रयोग गर्छौं त्यसको असर सिधा हाम्रो स्वास्थ्य र स्वभावमा देखा परिरहेको हुन्छ । यो आयुर्वेद विज्ञानले प्रमाणित गरेको कुरा हो ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य