उत्तर कोरियासँगको शिखर बैठक परसर्न सक्छ– राष्ट्रपति ट्रम्प

 

 

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । 

 

उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिनुभएको हो । 

 

उहाँले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेको र नगरेमा उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताउनुभएको हो । 

 

राष्ट्रपति ट्रम्पले तर यसको मतलब बैठक नै नबस्ने भने होइन भन्नुभयो । उहाँले उत्तर कोरियाले आवश्यक शर्तहरु पूरा गर्नुपर्नेमा जोड दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । 

 

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ । सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण पनि वार्तामा नबस्ने चेतावनी दिएको थियो । 

 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको अमेरिका भ्रमणमा जानुभएको छ । सोही क्रममा मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्प र इनबीच भएको भेटवार्तापछि ह्वाइट हाउसमा सम्वाददाताहरुसँग राष्ट्रपति ट्रम्पले सो प्रतिक्रिया दिनुएको हो । 

 

उहाँले भन्नुभयो– मैले उत्तर कोरियाली नेता किमलाई गम्भीर हुनुहुन्न भन्दिन, उहाँ कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गम्भीर नै हुनुहुन्छ । तर पनि केही शर्तहरु छन् जुन वार्ता अगावै पूरा हुनुपर्छ । 

 

आगामी उक्त शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउने विषयमा छलफल गर्न राष्ट्रपति इन वासिङ्टनमा हुनुहुन्छ । उहाँ मङ्गलबार नै अमेरिका पुग्नुभएको हो । 

 

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति इनका अतिरिक्त यसअघि पनि केही उच्चस्तरीय अधिकारीहरु वासिङ्टन पुग्नुभएको हो । 

 

दक्षिण कोरियाली राष्ट्रपति इन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तय गर्ने पनि ठानिएको समाचारमा जनाइएको छ । 

 

राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा केही विलम्ब भए पनि वार्ता भने हुने दाबी गर्नुभयो । तर पनि पछिल्लो समयमा वार्तामा नबस्ने भनी उत्तर कोरियाबाट आएको प्रतिक्रियाको बारेमा भने आफू आश्चर्यमा परेको बताउनुभएको हो । 

 

तर राष्ट्रपति ट्रम्पले जुन १२ मा भएन भने सो बैठक कहिले हुन्छ त भन्ने बारेमा भने केही बताउनुभएन । उहाँले आगामी केही समयमा त्यसबारेमा मिति तय हुने बताउनुभयो । 


थप समाचार

कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

  • 8 minutes ago
कैलालीमा बसको ठक्कर र आगलागीबाट एक/एक घाइते

कैलाली । कैलालीको घोडाघोडीमा बसको ठक्करबाट एकजना आज बिहान एक साईकलयात्री गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से १ क १९९५ नम्बरको बसले घोडाघोडी नगरपालिका–२ को पाण्डे चोकस्थित ठक्कर

रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

  • 14 minutes ago
रन–वे बनिसकेपछि यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल

पाेखरा । पोखरा अन्तराष्ट्रिय विमान स्थलको काम तिब्रताका साथ अगाडि बढी रहेको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विमानस्थलको ३० प्रतिशत काम सकिसकेको छ । हाल एप्रोन निर्माण भइसकेको छ भने मुख्य टर्मिनल भव

नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

  • 24 minutes ago
नेपाली कम्युनिष्टको ७० वर्षे फुट यात्रा

काठमाडौँ । ७० वर्षको नेपाली कम्युनिष्टको यात्रामा आज देशभर विभिन्न उत्साहमुलक कार्यक्रम भइरहेका छन् । २००६ वैशाख ९ मा पुष्पलालको नेतृत्वमा स्थापना गरेको नेपाल



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।

विचित्र विश्व

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अजबगजबका हर्कतहरु

माया एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावनाहरु मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण गर्ने बानी पर्छ । माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो ।